काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६१ औँ वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार कर्पोरेसनको प्रधान कार्यालय कालिमाटीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
बिज्ञापन
हरेक वर्षजस्तै यस वर्ष पनि कर्पोरेसनले रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको कर्पोरेशनले जानकारी दिएको छ । कार्यक्रममा साल्ट ट्रेडिङका कर्मचारी, स्थानीय युवा र पत्रकारहरु लगायत ५५ जनाले रक्तदान गरेका थिए ।





