काठमाडौं । नेकपा (बहुमत) निकट अखिल(क्रान्तिकारी) बागमती प्रदेश समिति र विश्वविद्यालय तथा सिटिभी को वैचारिक एवम् राजनितीक प्रशिक्षण सुरु भएको छ ।
बिज्ञापन
अखिल (क्रान्तिकारी) बाग्मती प्रदेश र विश्वविद्यालय – CTEVT विशेष समितिले सो प्रशिक्षण आयोजना गरेका हुन । आज तिजको दिनमा देशैभरिका प्राय मानिसहरू साधारणतया तिजमा झुमिरहेको बेला अखिल(क्रान्तिकारी) ले भने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
बिज्ञापन
अखिल(क्रान्तिकारी) बागमती प्रदेश संयोजक गोबिन्द बिष्टको अध्यक्षतामा सुरु भएको प्रशिक्षणका प्रमुख अतिथि जबस फ्याक्स इन्चार्ज शरद रसाइली रहनु भएको छ । भने प्रशिक्षणमा अखिल( क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राई, नेकपा बहुमतका काठमाडौं जिल्ला सेक्रेटरी गोकुल, विद्यार्थीका संगठन विभाग प्रमुख रुपाबुढा मगर , युवाका सचिवालय सदस्य झलक , विद्यार्थी आर्थविभाग प्रमुख बिरेन्द्र शाह, बाग्मती प्रदेशका इन्चार्ज राम तिरुवा , विश्वविद्यालय तथा सिटिभिटीका इन्चार्ज उषा किरण आजद कामी , विद्यार्थी जागरणका अध्यक्ष अग्रिम , अखिल(क्रान्तिकारी) मधेस प्रदेश संयोजक आयुष, विकल्प खत्री अतिथि रहनु भएको छन ।
विश्वविद्यालय -CTEVT विशेष प्रदेशका संयोजक डि.बि. शाहीले संचालन गरेका थिए ।
अखिल(क्रान्तिकारी) ले सांस्कृतिक रूपान्तरणका लागि आफुहरूले पुराना चाडपर्वहरूमा नयाँ क्रमभंग गर्नुपर्ने आवश्यकता रहेको उसले जनाएको छ ।
बिज्ञापन
विद्यार्थी संगठनले त्यो क्रमभंग आफुहरूले गर्न लागेको बताएको छ ।






