काठमाडौं । मिलन राई केन्द्रीय संयोजक रहेको अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) का सदस्य सचिव महेश भट्टराईको राजिनामा माग गरेको छ ।

बिज्ञापन

संगठनको विश्वविद्यालय तथा सिटिइभिटी समितीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दैं आर्थिक चलखेलका आधारमा ४७ वटा निजी शिक्षण संस्था दिने अपारदर्शी कार्यको नाइके भएको भन्दै राजिनामा माग गरेको छ ।

बिज्ञापन

उक्त संगठनका केन्द्रीय सचिवालय सदस्य तथा विश्वविद्यालय-सिटिइभिटी संयोजक डिबि शाहीद्धारा हस्ताक्षरित प्रेस वक्तव्यमा सदस्य सचिवको राजिनामा माग सहित सम्बन्धन प्रकियाको निर्णय तत्काल खारेज गर्न, आर्थिक चलखेलमा संलग्न कर्मचारीलाई छानबिन गरि कारबाही गर्न माग गरिएको छ ।

शिक्षाको निजीकरण र व्यापारीकरण होइन यसको सम्पूर्ण जिम्मेवारी राज्यले बहन गर्नुपर्ने बताउदै उक्त संगठनले आफ्नै आङ्गिक/सरकारी कलेजहरुको विकास र विस्तार गर्न समेत माग गरेको छ ।

बिज्ञापन

उक्त संगठनले सदस्य सचिबले तत्काल राजिनामा नदिएको खण्डमा र गलत कार्यमा संगल्न कर्मचारीलाई कारबाही नगरिएको खण्डमा निर्मम संघर्ष गर्ने चेतावनि समेत दिइएको छ ।

यस्तो छ वक्तव्यको पुर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel