काठमाडौं,प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका नेकपा (बहुमत) निकटमा रहेका युवा संगठनका नेता किशोर कुवर (अविनाश) लाई बिनाकारण गिरफ्तार गरिएको भन्दै उक्त पार्टीका संयोजक धर्मेन्द्र बास्तोला (कन्चन) ले प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका छ्न । पछिल्लो समय बहुमत पार्टी निकट विद्यार्थी तथा युवाहरु माथी प्रहरीले धरपकड बढाएको छ । युवा नेता कुवरको गिरफ्तारीबारे पार्टी द्वारा विरोध गर्दै भनिएको छ मानवीय अधिकारको गम्भीर उलंघन सहित मानिसको निर्भीकता पुर्वक बाच्ने अधिकारको हनन भयो । पक्राउ पुर्जी बिना नै बाटोमा हिडिरहेका बेला अभ्रद व्यवहार सहित दुर्ववहार गर्दै गिरफ्तार गरिएको कुरा पनि विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन

नेता कुवरलाई अभ्रद व्यहारको मुद्दा  चलाएर म्याद थप गरिएको छ । के कति कारण र प्रमाणका आधारमा गिरफ्तार गरिएको भन्ने कुरा अझै खुलाईएको छैन । पछिल्लो समय प्रहरीद्वारा गिरफ्तार गर्दै प्रहरी माथि हातपात गरेको भनी अभद्र व्यवहारको झुठो मुद्दा चलाउने गरेको कुरा बहुमत पार्टीका एकजना नेताले हामीलाई बताएका छ्न । प्रहरी ज्यादती नरोकिए त्यसको सशक्त प्रतिरोध गर्ने पनि बताएका छ्न ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel