काठमाडौं,नेकपा९(बहुमत)निकट अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य क.दिनेश नेपालीलाई शुक्रबार दिउँसो २:३० बजे काठमाडौं गोकर्णेश्वर(८ मा अवस्थित नेपालय ईङ्गलिस पब्लिक स्कुलमा भर्ना गर्न जाने क्रमा गिरफ्तार गरेको थियो । बिज्ञप्ति जस्तोको तेस्तै ।
हाम्रो संगठन निरन्तर शैक्षिक सुधारसंगै सबैखाले अन्याय अत्याचारको विषयमा संघर्षरत भएको कुरा आम सरोकारवाला लगायत सबैलाई अवगत नै छ । यसै सन्दर्भमा आज काठमाडौं गोकर्णेश्वर (८ मा अवस्थित नेपालय ईङ्गलिस पब्लिक स्कुलको मनोमानी शुल्क अशुली, विद्यार्थीहरूमाथी गरिएको चरम लुट र छात्रवृत्ति उपलब्ध नगराएको विषयमा छलफल गर्न जाँदा उक्त विद्यालयले उल्टै गुण्डागर्दी शैलीमा प्रहरी प्रशासन लगाएर हाम्रो संगठनका केन्द्रीय सदस्य क । दिनेश नेपालीलाई गिरफ्तार गराएको घटनाप्रती हाम्रो संगठन खेद व्यक्त गर्दछ
विद्यार्थी नेताको गैरन्यायिक र अमानवीय गिरफ्तारीले नेपाल प्रहरी जनताको नभएर यो देशका दलालहरू र शिक्षाका निजी मालिकहरूको दलाली गर्ने हलि साबित भएको छ जुन निन्दनीय छ ।
अतस् हाम्रो संगठनका विरुद्ध गद्दारी नगर्न हामी नेपालय ईङ्गलिस बोर्डिङ स्कुल जस्ता शैक्षिक माफियाहरूलाई कडा चेतावनी दिनचाहन्छौँ । चेतावनीका बाबजुद हाम्रो संगठनमाथी गद्दारी गर्ने , विद्यार्थी नेताहरूका विरुद्ध सिआईडी सुराकी गर्ने पक्राउ गराउने लगायतका गतिविधि गर्ने शिक्षाका माफिया र दलालहरूलाई चाहे ती जो सुकै हुन तिनीहरुलाई धुलोमा मिलाउने चेतावनी दिनचाहन्छौँ ।जसको जिम्मेवारी दलाल केपि सरकारको प्रशासन र स्वयम् ती माफिया हुनेछन्
बिज्ञापन






