काठमाडौँ, १५ साउन : समाजमा दलित महिलाको भोगाइ समेटिएको पुस्तक ‘महिला आन्दोलनको सहखोजी’ सार्वजनिक भएको छ । ‘द स्टोरी किचन’ले प्रकाशनमा ल्याएको उक्त पुस्तक काठमाडौँमा आज लोकार्पण गरिएको हो ।

बिज्ञापन

पुस्तकमा २१ जना पत्रकारले लेखेका २२ वटा आलेख समावेश गरिएका छन् । पुस्तकको लेखकले नै सामूहिक रूपमा लोकार्पण गरेका थिए । पुस्तकमाथि समीक्षा गर्दै समाजशास्त्री डा मिना पौडेलले महिलाको प्रत्यक्ष भोगाइ लेखमा समेटिएको हुँदा यो पुस्तक समाजका महिलावादको अवस्था बुझाउनसक्ने अध्ययनशील सामग्री रहेको बताउनुभयो ।

बिज्ञापन

पूर्वमन्त्री हिसिला यमीले समाज बुझ्न महिला इतिहास बुझ्नैपर्ने बताउनुभयो । त्यस्तै त्रिभुवन विश्वविद्यालयकी प्रा डा बिन्दु पोखरेलले नेपालमा महिला आन्दोलनको इतिहास जति गहिरो छ, त्यस अनुपातमा रुपान्तरण आउन नसकेका कारण खोज्न जरुरी रहेको बताउनुभयो । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले प्रकाशित पुस्तक महिला आन्दोलनको अध्ययन गर्ने राम्रो दस्तावेज हुने सुनाउनुभयो ।

पुस्तकमा अमृता अनमोल, विद्या राई, प्रकृति दाहाल, उन्नति चौधरी, कैलाश राई, गगनशीला खड्का, चाँदनी आचार्य, दिलमाया शाही, निरासी थामी, प्रणेता, प्रतिमा सिलवाल, मनिका विक, मन्दिरा अधिकारी, माधुरी महतो, मानमती पाण्डेय, विवेका थापा, सविता श्रेष्ठ, सम्झना विक, सरिता सापकोटा, सीता विके, सुजाता ढुङ्गानाका आलेख सङ्कलन गरिएको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel