काठमाडौँ, १९ असार : ८ अर्ब हिनामिना आरोपमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष एवं आइडियल यमुना सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले आज बालाजुबाट पक्राउ गरेको छ । उप्रेतीलाई पक्राउ गरी प्रहरी वृत्त महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
बिज्ञापन
उहाँले भन्नुभयो, “अध्यक्ष उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ, यस विषयमा विस्तृत भोलिसम्म भन्न सकिन्छ ।” सहकारी संस्थाको बचत रकम हिनामिना गरेको जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उप्रेतीले संसदीय छानबिन समितिले मंगलबार सरोकारवालासँग गरेको छलफलमा समेत सहभागी भएर सहकारी संकट समाधानका उपायबारे सुझाव दिएका थिए।
बिज्ञापन
एमालेको केन्द्रीय सहकारी विभाग सचिव समेत रहेका उप्रेतीलाई पार्टीले केही महिनाअघि सो जिम्मेवारीबाट हटाएको थियो






