काठमाडौँ, १३ असारः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले अघि सारेको समाजवादी कार्यक्रम आसन्न महाधिवेशनमा अनुमोदन हुने बताउनुभएको छ ।

बिज्ञापन

पार्टी निकट युवा सङ्घ नेपालद्वारा आज आयोजित कार्यक्रममा उहाँले मुलुकको सङ्कटको सामना गर्ने गरी समाजवादी कार्यक्रम बनाइएको बताउनुभयो ।

बिज्ञापन

श्रमजीवि युवाहरु पलायन भइरहेको अवस्थामा देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवाहरु एकजुट हुनु जरुरी रहेको बताउँदै नेता खनालले लोकतान्त्रिक, देशभक्त र समाजवादी दृष्टिकोणलाई स्थापित गर्न युवाहरु एकताबद्ध भएर क्रियाशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो।

समाजवादले मात्र विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समाधान गर्नसक्ने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “हाम्रो देश यतिवेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । समाजवादको यात्रालाई तीव्र र व्यापक पार्नु जरुरी छ ।”

बिज्ञापन

पर्टीका महासचिव घनश्याम भुसालले सम्पूर्ण समस्या, विकार र विकृतिको एकमात्र समधान समाजवाद भएको उल्लेख गर्दै सम्पूर्ण युवा, आम क्रान्तिकारी जनतालाई गोलबद्ध गरी समाजवादको सुन्दर भविष्यतिर आफ्ना प्रचार केन्द्रित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्गठन र सङ्घर्षलाई समाजवादी दिशामा अगाडि बढाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “यात्रा समृद्धिको र लक्ष्य समाजवादको भन्ने महत्वपूर्ण नारालाई दृढतापूर्वक समातौँ, समाजको प्रधान अन्तर्विरोधलाई प्रतिनिधित्व गर्ने समूहप्रति निशाना केन्द्रीत गरौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel