काठमाडौँ, ७ असार : नेपाली कांंग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र दिवस–२०८१ को अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।

बिज्ञापन

गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको सभापति देउवाले आज यहाँ अवलोकन गर्नुभएको हो । उहाँले राससकै कार्यालयमा गणतन्त्रपछिको विकास र समुन्नती सम्बन्धी तस्बिर अवलोकन गर्न पाउँदा हर्षित भएको बताउनुभयो ।

बिज्ञापन

केही भएको छैन् भन्ने मानसिकतालाई झकझक्याउने गरी समेटिएका विकास आयोजनाका तस्बिर महत्वपूर्ण छन्”, सभापति देउवाले भन्नुभयो । सभापति देउवालाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराउनुभएको थियो ।

यसैगरी आजै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, पार्टीका सूचना तथा प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्मा र केन्द्रीय सदस्य नानु बाँस्तोलाले पनि तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभयो । तस्बिर अवलोकनपछि राससलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक लेखकले गणतन्त्रपछि केही भएन भन्ने भाष्य गलत भएको बताउनुभयो ।

बिज्ञापन

उहाँले भन्नुभयो, “व्यवस्था परिवर्तन भयो, अवस्था फेरिएन भन्ने भाष्य विल्कुल बेठिक छ, हुनुपर्ने जति भएन होला तर केही पनि भएन भन्ने भनाइलाई यहाँहरुले प्रमाणसहित राम्रोसँग जवाफ दिनुभएको छ ।”

प्रचार विभाग प्रमुख विश्वकर्माले राजनीतिक परिवर्तनका लागि भएको सङ्घर्ष र परिवर्तनपछिको व्यवस्थाहरुले ल्याएको पूर्वाधार विकास कस्तो छ, भनेर नेपाली जनतालाई उजागर गराउन तस्बिर प्रदर्शनी उपयोगी भएको विश्वास व्यक्त गर्नुभयो । उहाँले देशव्यापी रुपमा भइरहेको विकास पूर्वाधारको उपलब्धीलाई राससले तस्बिरमार्फत उजागर गरेको बताउनुभयो ।

केन्द्रीय सदस्य बाँस्तोलाले कांग्रेसले लोकतन्त्र र गणतन्त्रपछि विभिन्न क्षेत्रमा उपलब्धी भएको भन्दै आएको स्पष्ट पार्दै अहिले काम नगर्ने तर प्रचार मात्रै गर्ने नयाँ भन्नेहरुलाई यो तस्बिर प्रदर्शनीका तस्बिरहरु जवाफ भएको उल्लेख गर्नुभयो ।

गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायोगमा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् । विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरको पुनः निर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel