विराटनगर, २७ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

बिज्ञापन

नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त उहाँले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

बिज्ञापन

त्यसैगरी आजै मन्त्रिपरिषद् समेत गठन गरिएको छ । मुख्यमन्त्री कार्कीको सिफारिसमा गणेशप्रसाद उप्रेती र रामबहादुर मगरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीलाई समेत नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको सपथ गराउनुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel