काठमाडौं । मिलन राई नेतृत्वको अखिल (क्रान्तिकारी) ले काठमाडौंको बसुन्धरामा रहेको एक्टिभ एजुकेसन कलेजमा कालोव्यानर लगाएको छ । संगठनको प्रदेश नं. ३ संगठन समितिले आज उक्त कलेजमा कालो व्यानर लगाएको हो ।
बिज्ञापन
विद्यार्थीको भविश्य माथि गम्भीर खेलबाड गर्ने गरेको, कलेजमा अध्यानरत छात्रा रुथ सुनुवारको रजिस्टेसन फारम भर्न छुटाएर उनको भविश्य माथि खेलबाड गरेको,रजिस्टेन नगरेरै कक्षा ११ र १२ को परिक्षा दिन लगाएको, विद्यार्थीहरुबाट विभिन्न बहानामा शुल्क असुलि गरेकोले कालो व्यानर लगाइएको जनाएको छ ।
बिज्ञापन
अखिल (क्रान्तिकारी)ले कलेजको मुल गेटमा चेतावनिमुलक कालो व्यानर लगाउनुका साथै दोसीलाई विद्यालय सन्चालक, कर्मचारी र राष्ट्रिय परिक्षा बोर्डका कर्मचारीलाई कारबाहीको माग गरेको छ ।
केही दिन पहिले उक्त कलेजमा अध्यानरत छात्रा रुथ सुनुवारको रजिस्टेसन नगाएकरै कक्षा ११ र १२ को परिक्षा दिन लगाएको बिषय सार्वजनिक भएको थियो ।
बिज्ञापन
अैले उक्त कलेजलाई चौतर्फी रुपमा आफ्नो असूलीका लागि विद्यार्थीको भविष्यसँग खेलवाड गरेको आरोप लागेको छ ।
यता कलेजका सन्चालक समेत रहेका डा. गोपिलाल न्यौपानेले भने जानाजान विद्यालयको तर्फबाट गल्ति नभएको बताए ।
उनले राष्ट्रिय परिक्षा बोर्डको कर्मचारीहरुको लापरबाहीले यो समस्या आएको बताए ।






