अखिल(क्रान्तिकारी बाग्मती प्रदेश अन्र्तरगतका सबै निजि लगानिका शैक्षिका संस्था र कतिपय सरकारी,सामुदायिक बिद्यालयललाइ नयाँ शैक्षिक सत्र २०८१ सुरुवात भए संगै शुल्क नबढाउन आग्रह गरेको छ । यस्तै शिक्षण संस्थाहरुले विद्यार्थी र अभिभावक लुट्ने धन्दा चलाएकोे अखिल९क्रान्तिकारी०ले वक्रव्य मार्फत जनाएको छ । गैरे जिम्मेवारी राज्य र निजी शैक्षिक क्षेत्रका माफियाहरुको जाँतोमा नेपालीविद्यार्थीहरु पिल्सिएको बताएको छ ।

बिज्ञापन

एकातिर निजि शैक्षिक संस्थाहरुले र कतिपय सामुदायक बिद्यालयहरुले समेत शुल्क वृद्धिका साथै बिभिन्न बाहानका नाममा शुल्क असुल गर्न बताएको छ । प्रारम्भिक चरणबाटै विद्यार्थीहरूलाई प्रवेश परिक्षाका नाममा पढ्न पाउने अधिकारबाट बञ्चित नर्गेन आग्रह गेको छ । संगठनो वक्रव्यमा भनिएको छ । अभिभावको ढाड सेक्नेगरि गरिएको शुल्क वृद्धि फिर्ता गर्न चेतावनी समेत दिएको छ ।

बिज्ञापन

साथै हाम्रो संगठन २०७२ मा जारि गरिको नेपालको संविधानको भाग ३ को धारा ३१ लाई पुर्ण कार्यन्वयन गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराउन चाहान्छौ । 
वक्रव्यमा भनिएको छ हाम्रो अपिल र ध्यानाकर्षण लाई व्यवास्ता गर्दै राज्य , त्यसका संयन्त्र र माफियाहरूको मिलिभगतमा विद्यार्थी र अभिभावक लुट्न नछाड्ने हो भने त्यसको कारबाही नेपाली श्रमजीवी जनताका छोराछोरीहरूको  अग्रदस्ता अखिल९क्रान्तिकारी० सडक बाट गर्न बाध्य हुनेछ। सडक बाट हुने सबै प्रकारका आन्दोलन र संघर्षको जिम्मेवार स्वयं माफियाहरू र वर्तमान माफिया तन्त्र नै हुनेछ। भन्दै अखिल(क्रान्तिकारीले वक्रव्य मार्फत चेतावनी दिएको छ ।

वक्रव्य

बिज्ञापन

नयाँ शैक्षिक सत्र २०८१ शुरुवात भएको छ। नयाँ शैक्षिक सत्र शुरूवात भए सँगै शिक्षण संस्थाहरूले संधैजस्तो विद्यार्थी र अभिभावक लुट्ने धन्दा फेरि निरन्तरता दिएका छन् । गैर-जिम्मेवार राज्य र  निजि शैक्षिक क्षेत्रका माफियाहरूको जाँतोमा नेपाली विद्यार्थीहरू पिल्सिएका छन् । एकातिर निजि शैक्षिक संस्थाहरू र कतिपय सामुदायिक शैक्षिक संस्था समेतले शुल्क वृद्धिका साथै इन्ट्रान्स फारम  शुल्क , इन्ट्रान्स शुल्क, भर्ना शुल्क, स्वागत तथा विदाइ शुल्क, वार्षिक शुल्क, पुस्तकालय शुल्क लगायत विभिन्न शिर्षकहरुमा शुल्क असुल गर्ने धन्दा नै चलाएका छन् । अर्कोतिर थरिथरीका ड्रेसकोड तोक्ने, विद्यालय भित्रै त्यसको व्यापार गर्ने वा कार्टेलिङ गरि निश्चित स्थानबाट खरिदका लागि तोक्ने, खेलकुदसामाग्री , कापि र किताब लगायतका सामाग्रीहरूको विद्यालयभित्रै व्यापार गर्ने , विद्यार्थी र अभिभावकलाई अनावश्यक सरसामाग्री खरिद गर्न बाध्य बनाउने ,  प्रारम्भिक चरणबाटै विद्यार्थीहरूलाई प्रवेश परिक्षाका नाममा पढ्न पाउने अधिकारबाट बञ्चित बनाउने लगायतका गतिविधिहरू कानुन विपरीत मात्रै होइन, अनैतिक र निन्दनीय छन् । यस प्रकारका गतिविधिहरू रोक्ने , नियन्त्रण र नियमन गर्ने र अनिवार्य र निशुल्क शिक्षाको संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने राज्य, राज्य संयन्त्र र अन्य सरोकारवालाहरूको मौन समर्थन रहनुले हामीलाई गम्भीर बनाएको छ।
    
यस सन्दर्भमा हाम्रो संगठन अखिल(क्रान्तिकारी) 
सबै तहका सरकार र सरकारी संयन्त्रको नालायकीपन र गैरजिम्मेवारीको घोर निन्दा र भ्रत्सना गर्दछ । हाम्रो संगठन यसै प्रेस वक्तव्य मार्फत निजि शिक्षण संस्थाहरूलाई अनैतिक, गैरकानुनी र अपराधीक गतिविधि नगर्न र विद्यार्थी/ अभिभावको ढाड सेक्नेगरि गरिएको शुल्क वृद्धि फिर्ता गर्न , निजि एवम्  सरकारी विद्यालयका सम्पुर्ण पाठ्यपुस्तकहरू निशुल्क उपलब्ध गराउन , सबै तहको भर्ना शुल्क खारेज गर्न र शैक्षिक संस्थाको आवरणमा संचालित अनेकन व्यापारीक धन्दा बन्द गर्न अपिल गर्दछ ।
साथै हाम्रो संगठन ०७२ मा जारि नेपालको संविधानको भाग ३ को धारा ३१ लाई पुर्ण कार्यन्वयन गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराउन चाहान्छ। 

अन्त्यमा हाम्रो अपिल र ध्यानाकर्षण लाई व्यवास्ता गर्दै राज्य , त्यसका संयन्त्र र माफियाहरूको मिलिभगतमा विद्यार्थी र अभिभावक लुट्न नछाड्ने हो भने त्यसको कारबाही नेपाली श्रमजीवी जनताका छोराछोरीहरूको  अग्रदस्ता अखिल(क्रान्तिकारी) सडक बाट गर्न बाध्य हुनेछ। सडक बाट हुने सबै प्रकारका आन्दोलन र संघर्षको जिम्मेवार स्वयं माफियाहरू र वर्तमान माफिया तन्त्र नै हुनेछ।
क्रान्तिकारी अभिवादन सहित ! 

                         
                       
                 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel