काठमाडौँ, १४ वैशाखस् नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले मुलुक र जनतालाई केन्द्रमा राखेर कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्ने बताउनुभएको छ ।
बिज्ञापन
पार्टी निकट युवा सङ्घद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलन टुटफुट हुँदा जनतामा निराशा र आक्रोश बढेको भन्दै सामाजिक न्यायसहितको समुन्नत एवम् समृद्ध मुलुक निर्माण गर्ने दायित्व पूरा गर्न कम्युनिष्ट पार्टीको एकतामा जोड दिनुभयो ।
बिज्ञापन
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले मुलुकमा विभिन्न समयमा भएका जनआन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएको भन्दै सामाजिक न्यायसहित आर्थिक तथा सामाजिक रूपान्तरणमा लाग्नुपर्ने समेत बताउनुभयो । त्यसैगरी उहाँले एकीकृत समाजवादी पार्टीलाई देशको समाजवादी क्रान्ति र आर्थिक रूपान्तरणको कार्यदिशा भएको कम्युनिष्ट मान्यतामा आधारित बलियो पार्टीका रूपमा स्थापित गर्न लाग्नुपर्ने बताउनुभयो ।
“समाजका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न सही नीति, सिद्धान्त, कार्यक्रमको खाँचो छ । समाजमा विधमान सबै प्रकारका भेद्भाव अन्त गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि पार्टीलाई बलियो बनाउँदै लैजानुपर्छ”, सम्बोधनका क्रममा उहाँले भन्नुभयो ।
बिज्ञापन
त्यसअवसरमा अध्यक्ष नेपालले सङ्घका विभिन्न प्रकाशन विमोचन गर्नुभएको थियो ।






