काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा (एमाले)ले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभएको टिप्पणी गरेका छन् ।

बिज्ञापन

सोमबार १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको साम्राज्यवादी युगमा लेनिनवादको महत्त्व विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले नेकपा (एमाले)ले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभएको टिप्पणी गरेका हुन् ।

बिज्ञापन

उनले कम्युनिस्ट आन्दोलन दुई धारमा बाँडिएको उल्लेख गर्दै सत्तामा भएका कम्युनिस्ट पार्टीहरू दक्षिणपन्थी अवसरवादी धारमा रहेका बताए । उनले सत्तामा रहेका कम्युनिस्ट पार्टी र कांग्रेसका बिचमा कुनै तात्त्विक र मौलिक भिन्नता नभएको बताए । उनले सत्ताधारी कम्युनिस्टहरूले नेपालको वामपन्थी जनमतलाई भ्रममा पार्नका लागि मात्रै कम्युनिस्ट नाम राखेको बताए ।  

त्यस्तै अध्यक्ष वैद्यले एमालेले आफूलाई भाई कांग्रेस बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक जयन्ती मनाएको टिप्पणी गरेका छन् ।  
उनले एमालेले हीरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको बताए ।

बिज्ञापन

अध्यक्ष वैद्यले आफूहरू दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्दै अघि बढ्ने बताए । उनले सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध बनाए क्रान्ति गर्न सकिने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel