भरतपुर (चितवन), १० वैशाख : चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्ग पुल निर्माण सम्पन्न भएको छ । सो पुलले इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ ।
बिज्ञापन
बहत्तर मिटर लामो सो पुल गाउँपालिका र दातृ संस्थाको लगानीमा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले पुल निर्माणपश्चात् स्थानीयलाई बाह्रै महिना आवतजावत गर्न सजिलो हुने बताउनुभयो ।
बिज्ञापन
चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ । अध्यक्ष गुरुङले भन्नुभयो, “पुल निर्माणपछि स्वास्थ्य उपचार गर्न समेत स्थानीयलाई सहज भएको छ ।” पुल निर्माणपछि चितवन मात्र नभई धादिङका नागरिकलाई समेत सहज भएको छ ।
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले थाप्राङ–तिपाङ क्षेत्रका नागरिकको सांस्कृतिक सम्बन्ध जोडिएको उल्लेख गर्दै पुलले उनीहरुलाई थप नजिक बनाएको बताउनुभयो । “तिपाङभन्दा माथि पनि साना–साना बस्ती छन्”, उहाँले भन्नुभयो, “यहाँको चेपाङ समुदायलाई बर्खामा चार महिना आवतजावत गर्न सकस हुने गरेको थियो, अब बाह्रै महिना निर्धक्क हिडडुल गर्न सजिलो हुनेछ ।
बिज्ञापन
विसं २०७८ मा पुल निर्माण कार्य थालिएको हो । सो ठाउँमा बिजुली र बाटोघाटोको समस्या छ । स्थानीय राजेशले चेपाङ पुल निर्माणपछि बाटो छोटिएको र आवतजावतमा सहज भएको बताउनुभयो । थाप्राङ माइत भएकी सुनिता चेपाङले पुल नहँुदा हिउँदमा मात्र माइत आउनुपर्ने बाध्यता रहेको भन्दै अब चाहेको समयमा माइत आउन पाइने बताउनुभयो । झण्डै रु ३३ लाखको लागतमा पुल निर्माण गरिएको हो ।






