मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले नेपाल बाल संगठनको जग्गा तत्काल फिर्ता गर्न व्यापारिक घरना विशाल ग्रुपलाई चेतावनी दिएको छ ।
बिज्ञापन
उक्त विद्यार्थी संगठनले विशाल ग्रूपले बालमन्दिरको जग्गामा वृहस्पति विद्या सदन खडा गरेर विवादास्पद स्कुलका रूपमा रहेको राई स्कुललाई समेत गैरकानुनी रूपमा भाडामा लगाएको भन्दै वृहस्पति विद्या सदनको गेटमा प्रदोशन गरेको छ । अनाथ बालबालिकाहरुका लागि बनाइएको नेपाल बाल संगठनको जग्गा समेत हडपेर खाने भनेको देश र जनतामाथिको गद्दारी हो । यो अक्षम्य अपराध हो बिरोध प्रदोशनमा सम्बोधन गर्दै केन्द्रिय सह-संयोजक बिरेन्द्र शाहले भने दलालहरु हड्पेर कमायको अमुत सम्पत्ति जफत गरिनु पर्छ सरकारको जग्गा लुटिदा पनि दलाल राज्यको ध्यान छैन एउटा घराना विशाल ग्रुपलाई कुनै पनि बाहनामा नजोगाउन विदेशी र नेपालका दलालहरूको कठपुतली प्रचण्ड सरकालाई चेतावनी दिन चाहन्छौं ।
बिज्ञापन
संगठनले आफ्नो चेतावनीलाई बेवास्ता गरे शैक्षिक माफियाहरुको लुटको स्वर्ग ध्वस्त पार्ने र त्यसको जिम्मा बिशाल ग्रुपले नै लिनुपर्ने जनाएको छ । ‘नेपाली जनताको रगत पसिनामाथि लुट मच्चाउने र सार्वजनिक जमिन कब्जा गरि निजी सम्पत्तिका मालिक बन्ने विशाल ग्रुपलाई बालमन्दिरको जग्गा तत्काल फिर्ता गर्न चेतावनी सहित शैक्षिक माफियाहरूको लुटको स्वर्ग ध्वस्त पारिने र त्यसको जिम्मा स्वयं विशाल ग्रुप नै लिनु पर्छ ।






