प्रिय
हजार माईलको यात्राका लागि
अगाडि बढेका हुन यि कदमहरु
केही कदम अगाडि बढ्ने बित्तिकै
लखतरान पर्दिन म ,
म त
क्रान्तिका लागि
बेपरवाह कुदिरहेको
लामो दुरीको धावक हो ,
बिज्ञापन
एउटा लामो दुरीको धावक सङ्ग
यो दुनियाँले कुन गतिमा खोजेको छ
अनेकन प्रश्नहरुको जबाफ
त्यो थाह छैन मलाई
तर
जबाफहरु
तिनै प्रश्नहरुको
गर्भभित्र भ्रुण बनेर
हुर्किरहेका छ्न ,
बिज्ञापन
जन्मिदा
जबाफहरु मात्रै होइन
सिङ्गो क्रान्ति जन्मिनेछ !






