गुजरातको गान्धीधाममा स्थापना भएको श्री कच्छ गोर्खा समाजले निकै महान कार्यको थालनी गरेको छ । भारतमा गुजरात्मा जग्गा किनेर बिश्व चर्चित मन्दिर पशुपतिनाथको मन्दिर बनाउने भएका छन । मिति २०८० माघ १ गते सन 2024 जनवरी 15 तारिख सोमबारका दिन बिहान ९ बजेको साइत जुराएर भारतिय र नेपाली पण्डित द्वारा धार्मिक परम्परा अनुसार शिलान्यास गरि पुजा पाठ गरिएको छ । सयौं संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो ।

बिज्ञापन

उक्त समाजका प्रतिनिधि रमेश सुनारका अनुसार पशुपति नाथ मन्दिरको काम छिटै सुरु हुने र मन्दिर अन्तेनतै राम्रो डिजाशईनमा बनाइने छ मन्दिरको नक्सा पनि बनाएको छ अब कच्छ भुज आउने सबै नेपालीहरुले दर्शन गर्न पाउनेछन यो सम्पुर्ण नेपालीका लागी खुसिको खबर रहेको रमेश सुनारले बताउनु भयो छ ।

पशुपतिनाथ मन्दिरको लागी आफ्नो इच्छा अनुसार दान तथा सहयोग जसले पनि गर्न सकिने कुरा समाजका प्रतिनिधि नारायण राम खड्का ले बताउनु भयो ।
गोर्खा समाज को यो महान काम देखेर भारतीय स्थानीय मानिसहरु खुसी हुँदै गोर्खा समाज समिति लाई बधाई दिएका छन । भुमी पुजन कार्यक्रम मा गान्धीधाम नगरपालिकाका अधिकारी लगायत विभिन्न बुद्धिजीवी समाजसेवी सहयोगी दाता लगायत स्थानीय ब्याक्तित्व ज्यु हरुको उपस्थिति रहेको थियो ! भुमी पुजन सन्दर कान्ड आरती पश्चात् उपस्थित सबैलाई प्रसाद र खाना खुवाइयको थियो ।भुमी पुजा कार्यक्रम लाई पत्रकार लोकेन्द्र शाही ले लाइभ प्रसारण गरेका थिय ।

अबको केहि महिनामा कामलाई अगाडि बढाउने गोर्खा समाजका प्रमुख बिशाल थापा ले बताउनु भयो ।पशुपति नाथ मन्दिर को नाममा आफ्नो शो इच्छाले डोनेसन तथा सहयोग गर्न सकिने प्रमुख थापाले बताउनु भयो ।गोर्खा समाज कच्छ गान्धीधाम को पहिलो नेपाली समाज हो ।उक्त समाज नेपाली हरुको हक हित र सम्पुर्ण नेपाली हरुको यकता को लागी बिगत धेरै बर्ष पहिलेदेखी स्थापना गरियको विशाल थापाले बताउनु भयो ।भारत , लगायत देस बिदेश जुन ठाउँ बाट पनि पशुपति नाथ मन्दिर को नाममा सहयोग गर्न सकिने थापाको भनाइ छ ।

पशुपति नाथ मन्दिर निर्माण र स्थापनाका लागी गरियको उक्त भुमी पुजाको भिडियो विभिन्न youtube च्यानल र पेज बाट हेर्न सकिने छ । मन्दिर बनाउने कार्य प्रती इच्छुक उपस्थित र सम्पुर्ण सहयोगी दाता हरुलाइ गोर्खा समाजक प्रमुख विशाल थापाले आभारी हुँदै धन्यवाद दिनु भएको थियो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel