क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठन नेपालले काठमाडौंमा वृहत मार्चपास गर्ने भएको छ।

बिज्ञापन

पौष १० गते १३१औं माओ दिवसका अवसरमा काठमांडौमा हजारौं युवाहरूको विशाल मार्चपास कार्यक्रमको तयारी थालेको हो।

बिज्ञापन

रातो टोपी, ज्याकेट, झण्डा र ब्यानरसहित मार्चपासको लागी क्रान्तिकारी युवा संगठनले तिव्र तयारी थालेको छ । सहरका विभिन्न चोकबाट निकालिने युवाहरुको मार्चपासलाई रत्नपार्क स्थित खुल्लामञ्चमा केन्द्रित गरेर केन्द्रित मार्चपास निकाल्ने र मार्चपासले नगर परिक्रमा गर्ने कार्यक्रम रहेको संगठनले जनाएको छ ।

उक्त मार्चपासलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरण, प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कन्चन’, पार्टीका प्रभावसाली युवा नेता उदय बहादुर चलाउने ‘दिपक’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

बिज्ञापन

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका तमाम समस्याहरुको विषयमा सडकमा उत्रिएर सडकमा सशक्त आवाज बुलन्द गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आफूलाई अग्रगामी तथा क्रान्तिकारी वैकिल्पक राजनीतिक शक्तिको रुपमा अगाडि उभ्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel