किर्तिपुर नगरपालिकामा पालिका स्तरीय रनिंङशिल्ड प्रतियोगीता आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । मंगल माद्यामिक बिद्यालयका वि.व्य.स अध्यक्ष कृष्ण प्रसाद महर्जनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती किर्तीपुर नगरपालिकाका नगर प्रमुख राज कुमार नकर्मी रहनु भएको थियो । मंगल माद्यामिक बिद्यालयकाको प्राङगणमा भएको समापन समारोहको बिशेष अतिथी किर्तीपुर नगरपालिकाका नगर उपप्रमुख शुभ लक्ष्मी शाक्य शुनिता र प्रमुख प्रसासकिय अधिकृत लक्ष्मी प्रसाद बास्कोटा रहनु भएको थियो ।

आजको समापन समारोहमा प्रतियोगितामा ल्याबोरेटरी माद्यामिक बिद्यालयले बिजय हासिल गरेको छ रास्ट्रपति रनिङ शिल्ड प्रमुख अतिथि किर्तिपुरका नगर प्रमुख राज कुमार नकर्मीले हस्तान्तरण गरेका छ्न भने बिद्यालयका प्रधानाध्यापक लाक्पा शेर्पाले ग्रहण गरेका छ्न सबै विद्यार्थी उत्साहित भएका छ्न ।
<





