अब लिखितसँगै क्यूआर प्रविधिमार्फत कमलबजार प्रहरी कहाँ गुनासो तथा उजुरी गर्न पाइने भएको छ । कमलबजार प्रहरीलाई कुनै गुनासो वा उजुरी गर्नु परेमा क्यूआर कोडमार्फत पनि गुनासो तथा उजुरी राख्ने पाइने भएको हो । बुधबार देखि कमलबजार प्रहरी कार्यालयमा उजुरी तथा गुनासो सुनुवाइका लागि क्युआर कोडको सेवा उपलब्ध गराइएको छ ।
परम्परागत उजुरी पेटिकाले गुनासा व्यवस्थापन त्यति प्रभावकारी नभएकाले प्रविधि मार्फत उजुरी तथा गुनासा सुनुवाइ गर्न सु? गरिएको र क्यूआर प्रविधिको व्यवस्थामार्फत जसले जहाँबाट पनि उजुरी तथा गुनासो दर्ता गर्न सक्ने इलाका प्रहरी कार्यालयाका प्रहरी प्रमुख बिरेन्द्र जोहारी जानकारी दिनुभयो । साथै जनताको कुनै पनि समस्या सहज तरिकाले प्रहरीलाई खुलेर राखिदिन सबैलाई आग्रह गर्नुभएको छ । यस्तै प्रहरी जनताको सेवक भएकाले जनताको सुरक्षाको लागि प्रहरी सधैव तयार रहेको बताउदै जनताले प्रहरीलाई हरेक समस्या मा निर्धक्क भएर क्यूआर प्रविधिमार्फत कमलबजार प्रहरीलाई उजुरी गर्न पाइने जोहारीले उल्लेख गर्नुभयो ।





