लैगिंक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा सरोकारहरुसँग अन्तरक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । कमलबजार नगरपालिका तथा ईलाका प्रहरी कार्यालय को आयोजना र आस्था नेपाल वल्ड भिजन ईन्टरनेशन आई पिएयास को आर्थिक तथा प्राबिधिक सहयोगमा लैगिंक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा सरोकारसंग अन्तरक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न भएको हो । लैगिंक हिंसा विरुद्ध सुनिश्चिता , महिला बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने मुलनारका साथ अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्टको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो । उक्त कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु , निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट ,ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख बिरेन्द्र जोहारी ,विभिन्न शाखाका शाखा प्रमुखहरु , नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु , नगरका सम्पूर्ण महिला , बाल संञ्जाल , सञ्चारकर्मी सुरक्षाकर्मी , लगायतको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो ।
बिज्ञापन
सोहि कार्यक्रममा ईलाका प्रहरी कार्यालय प्रमुख बिरेन्द्र जोहारीले प्रोजेक्टको माध्यमद्वारा महिला हिंसा सम्बन्धि हुने हिंसाबाट कसरी सचेत हुने , लैगिंक हिंसा सम्बन्धि अपराधको प्रभावकारी अनुसन्धान कसरी गर्ने , पिडितको रुपमा जिम्मेवारी , घरेलुु हिंसा न्युनिकरण कसरी गर्ने , उजुरी लिने निकाय , घरेलु हिंसामा हुने सजाय , बालविवाहमा सामाजिक अवस्था , बालविवाहमा कानुनी प्रावधान , भ्रम र अन्धविश्वास , आम जनधारणा ,सामाजिक संञ्जालको सुरक्षित प्रयोग , कानुनी परिणाम , लगायतका बिषयमा प्रशिक्षण दिदै लैगिंक हिंसा भएमा सहेर नबस्न आग्रह गर्नुभएको थियोे । यस्तै यस्ता खाले घटना आफुमाथि भएमा ईलाका प्रहरी कार्यालयमा उजुरी दिन अनुरोध गर्दै पिडितहरुलाई न्याय दिनको लागि आफ्नो तर्फबाट जतिसुकै बेलापनि तत्पर रहने बताउनु भएको थियोे । प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख यज्ञ प्रसाद ढकालले लैगिंक हिंसा न्युनिकरणका लागि नगरले चेतनामुलक कार्यक्रमको आयोजना गर्ने बताउनु भयो ।
बिज्ञापन
यसैबिच अछामको सफेबगरमा महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सम विकास नेपालले आयोजनामा गरेको सम्पन्न भलिबल प्रतियोगितामा प्रथम स्थान हाशिल गर्न सफल कमलबजार नगरपालिकाको टिमका सहभागी छात्रा खेलाडीलाई सम्मान गरिएको थियो ।
नगरउप प्रमुख शारदा कुमारी बिष्टले महिला खेलाडीहरुको मनोबल उच्च राख्न तथा महिला खेलाडीको पहिचाहन गरि महिला सशक्तिकरणमा टेवा पुर्याउन आफु र आफ्नो पालिका लागि परेको बताउदै महिला खेलाडीहरुलाई थप प्रभावकारी बनाउन नगरपालिबाट एक लाख बजेट प्रदान गर्ने घोषण गर्नुभयो ।
बिज्ञापन
यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टको स्वागत मन्तव्य बाट सुरुभएको अन्तरक्रिया कार्यक्रमको संञ्चालन महिला बालबालिका तथा जेष्ठ नगरिक शाखा प्रमुख डम्बर ढुंगानाले गर्नुभएको थियो ।






