कमलबजार, मंसिर २० कमलबजार नगरपालिका ९ मष्टवण्डाली स्थित चक्रेश्वरी मा वि मा रुपान्त्ररण कक्षा को अनुगमन गरिएको छ । ग्ल्ँएब् को आर्थिक सहयोग ख्क्इ र पीसविन को सझेदारीमा संचालित कार्यक्रम अन्तरर्गत चक्रेश्वरी मा विमा बुधबार अनुगमन गरिएको हो । वडाका ४० जना विद्यार्थीे रुपान्त्ररण कक्षामा समावेश गरिएका थिए ।
नगरका उपप्रमुख शारदा बिष्ट , वडा अध्यक्ष कमल प्रसाद बजगाई , महिला बालवालिका शाखा प्रमुख डम्बर ढंगाना ,शिक्षा शाखा प्रमुख ऋषीकेश ढकाल, चक्रेश्वरी मा वि का प्रधानाध्यापक कासिरा बजगाई , सम्पुर्ण शिक्षक , पिसविन अछामका सचिव देवानन्द खतिवडा , पिसविन अछामका कर्मचारी दुर्पता कुमारी जैसि , रेडियो केबिएम एफएमका समाचार प्रमुख रमिता बि क लयातको टोलिले चक्रेश्वरी मा वि मा रुपान्त्रण कक्षाको स्थलगत अनुगमन गरेको हो ।
अनुगमन टोलीले विद्यालयमा संचालन भइरहेको रुपान्त्ररण कक्षा , विद्यालयको शैक्षिक भौतिक अवस्थाको स्थलगत अवलोकन, भैतिक संरचना , शिक्षण सिकाई लगायतको अनुगमन गरेको छ ।
उपप्रमुख शारदा कुमारी बिष्टले रुपान्त्ररण कक्षाको स्थलगत अनुगमन गर्दै रुपानत्रण कार्यक्रमले विपन्न समुदायको सामाजिक चेतनामा ल्याएको परिवर्तन महत्वपूर्ण भएकोे बताउनुभयो ।
पिसविन अछामका सचिव देवानन्द खतिवडाले महिला तथा किशोरीका समस्याबारे बुझदै सिपमुलक तालिम, आयआर्जन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा आफ्नो संस्थाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बालवालिकाको क्षेत्रमा पिसविन अछामको महत्वपुर्ण भुमिका रहेको र रुपान्त्रण कक्षाले आफ्नो जिवन परिर्वत भएको कक्षामा सहभागि बालवालिकाले बताएका थिए । साथै आफु परिर्वतन , समाज परिर्वतन ,बालविवाह र छुवाछुत विरुद्ध सचेतना, महिला हिंसा रोकथाम, महिला अधिकार, बालिका शिक्षा, योजना तर्जुमा लगाएतका विषयमा सिकेको सहभागीे विद्याथीहरुले बताएका थिए ।
यसै बिच कमलबजार नगरपालिका ९ मष्टवण्डालीमा महिला हिसां बिरुद्धको १६ दिने अभियान अन्तरगत बुधकार सडक नटक गरिएको छ । युनएफपिए र भियासव को आर्थिक तथा प्राबिधिक सहयोगमा पिसविन नेपालद्धारा संचालित लैगिंक हिसां रोकथामका लागि सडक नटक गरिएको हो ।





