मंसिर १२ : कमलबजारको विवादका कारण नगरका सम्पुर्ण विद्यालय बन्द भएका छन । यसरी शिक्षण संस्था आइतवार देखि बन्दहुदा यहाँका विद्यार्थी हरुको जनजिबन प्रभावित बन्ने अनुमान गरिएको छ ।
बिज्ञापन
नगरका विद्यालय समेत बन्दहुदा आफ्ना नानी बावुहरुको भविष्य प्रति यहाँका अभिभावकहरु निकै चिन्तित बनेका छन ।
बिज्ञापन
नेपाल शिक्षक महासंघले कमलबजार नगरपालिकालाई तलव निकासा सम्बन्धि मंसिर ८ गते ध्यानाकर्षण पत्र बुभाएको थियो । ध्यानाकर्षण पत्र बुभाउदा पनि हाल सम्म नगरपालिका बाट कुनैखालको सुनुवाई नभएकाले आईतवार देखि नगरका सम्पुर्ण विद्यालय बन्द गरिएका छन । शुक्रवार बुझाएको उक्त ध्यानाकर्षण पत्रको बेवास्ता गरेर अहिले सम्म नगरले कुनै सुनुवाई नगरेको भन्दै आइतवारबाट नगरका सम्पुर्ण विद्यालय नेपाल शिक्षक महासंघले अहिले बन्द अवस्थामा राखेको समाचार प्रप्त भएको छ ।
लामो समय सम्मको विवादका कारण नगरपालिकाको कार्यालयको कामसमेत हुन सकेको छैन । शिक्षक तथा कर्मचारीले साउनदेखि अहिलेसम्मको तलब पाएका छैनन् ।करारका कर्मचारीलाई नै वडासचिवको जिम्मेवारी दिइएको कमलबजारका धेरै वडामा अहिले काम प्रभावित भएको छ । यस स्थानीय निकायका जनप्रतिनिधी हरुले विभिन्न छलकपट गरेको भन्दै सामाजिक संञ्जालमा चर्को आलोचना भइरहेको छ ।
बिज्ञापन
नगर सरकारले हाम्रा माग पूरै बेवास्ता गरेकाले यस्तो कठोर निर्णय लिनुपरेको बताउदै आफूहरूका माग पूरा नभए अझ सशक्त विरोधका कार्यक्रम गर्ने नेपाल शिक्षक महासंघ कमलबजारका अध्यक्ष सुरथ ढकालको भनाई छ ।
यस्तै कात्यायनी माविका शिक्षक चक्र बहादुर बिष्ट भन्नुहुन्छ ,नगर सरकारले गम्भिर भइ विद्यार्थीको भविष्यमाथी खेलबाड नगर्न अनुरोध छ ।
यस्तै मंसिर ८ गते बुझाएको उक्त ध्यानाकर्षण पत्रमा भनिएको थियो : नेपाल शिक्षक महासंघ कमलबजारले आर्थिक बर्ष २०८० श्रावण महिना देखि हाल सम्मको निकासाकोे लागि नगरका सम्पुर्ण शिक्षक कर्मचारीको मासिक तलव भत्ता विद्यालय खातामा निकासाका लागि नेपाल शिक्षक संघको नेतृत्वमा पटक पटक अनुरोध का ध्यानाकर्षण पत्र बुभाउदा पनि हाल सम्म नगरपालिका बाट कुनैखालको सुनुवाई नभएकाले आईतवार देखि नगरका सम्पुर्ण विद्यालय बन्द गर्ने चेतावनी दिएको थियो । सथै तलव भुत्तानी नभए सम्मका लागि निरन्तर विद्यालय बन्द रहने बताइएको थियो ।






