भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण १८ जनाको मृत्यु भएको छ भने २३ जना जति घाइते भएको अधिकारीहरूले बताएका छन्। जाडोयाममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा नगरिएको त्यहाँका अधिकारीले बताए।

बिज्ञापन

आइतबार र सोमबार भिषण हावाहुरीसँगै परेको चट्याङले धेरैलाई प्रभावित बनाएको छ। भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको भएपनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटनाहरू निम्त्याइरहेको बताएका छन्

बिज्ञापन

भारी वर्षाका कारण कम्तीमा कम्तीमा ४० वटा जनावर पनि मारिएका गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन्। भातरका गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै मृत्युबाट आफू निकै दुःखी भएको बताएका छन्।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
रमिता बि क
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel