ईलाका प्रहरी कार्यालय कमलबजारद्धारा लागूऔषध र महिला हिंसा विरुद्ध सम्बन्धि जनचेतनामूलक कार्यक्रम कमलबजार १ मा आज सम्पन्न भएको छ ।
बिज्ञापन
ईलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी प्रमुख बिरेन्द्र जोहारी को सक्रियतामा ईलाका प्रहरी कार्यालय कमलबजार अछामको प्रहरी टोलीले आज आइतवार लागूऔषध र महिला हिंसा विरुद्ध सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको हो ।
बिज्ञापन
पछिल्लो समयमा लागूऔषध र महिला हिंसा अछाम जिल्लामा पनि देखिन थालेको कुरालाई मध्यनजर गर्दे यसबाट सचेत गराउन कमलबजार १ का स्थानियहरु संग आइतवार लागूऔषध र महिला हिंसा विरुद्ध सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी प्रमुख बिरेन्द्र जोहारीले जानकारी दिनुभायो ।
महिला हिंसा :
परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । घरेलु हिंसाका कारण होस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरूको सङ्ख्या उल्लेख्य छ । आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट महिलाहरू वन्चित छन् ।
बिज्ञापन
लागूऔषध :
मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ ।यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ ।
कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो ।






