इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा बस दुर्घटना भएको छ ।
बिज्ञापन
मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा आइतबार बस दुर्घटना हुँदा गाडिमा सवार ३८ जना यात्रु घाइते भएका छन् ।
बिज्ञापन
पशुपतिनगर प्रहरीका अनुसार धनुषाधाम नगरपालिकाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदैगर्दा लसुनेमा राजमार्गबाट खसेर दुर्घटना भएको हो ।
बसमा सवार ३८ मध्ये सबै यात्रु घाइते भएको अनुमान गरिएको छ । घटनास्थलमा उद्धार कार्य जारी छ ।
बिज्ञापन
घाइतेहरुको उद्धार गरी झापाको बिएन्डसी अस्पताल लगिएको छ । केही घाइते अहिले पनि जंगल र रुखतिर अडिएको प्रत्यक्षदर्शीले बताएका छन् ।






