रमिता बि क,
बिज्ञापन
अछाममा धानको एक कुनियामा आज्ञात समुहद्धारा आगजनी भएको छ ।
बिज्ञापन
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीका बखत बि क को खेतमा हिजो बुधवार राति आग लागि भएको हो ।
सोहि वडाका धर्म रावलको खेतमा उनले अधिँया धान रोपेका थिए । त्याहि अधिँया रोपेको खेतमा गएराति आगलागि भएको स्थानीय राजकुमार बि क ले जानकारी दिएका छन ।
बिज्ञापन
बखतको घरको आर्थिक अवस्था निकै नाजुक रहेको बुझिएको छ । दिनभरी मजदुर गरेर साँझ एकछाक टार्न समेत गारो हुने बखतको अधिँया रोपेको खेतमा कस्ले आगजनी गरेको हो भन्ने अहिले सम्म जानकारी भएको छैन ।
आगजनी गर्ने व्यात्तिलाई खोजनिती गरि कार्बाही गरिदिन इलाका प्रहरी कार्यालया विनायक संग माग गरेका छन ।
बर्ष भरि खेतबारीमा काम गरेर अहिले धानवाली भित्राउने समयमा अचानक कसैले आगजनी गरिदिदा बखत ठुलो पिडामा रहेको बताउँछन ।






