रमिता बि क ,
कार्तिक २७ : यति बेला अछाममा तिहारको चहलपहल बढिरहेको छ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनइएको छ ।
बिज्ञापन
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि रहेकोले आज गाईको पुजा गरि तिहार मनाइएको छ ।
बिज्ञापन
जिल्लाको कमलबजार नगरपालिका पञ्चदेवल विनायक नगरपालिका मंगलसेन नगरपालिका साँफेबगर नगरपालिका मेल्लेख गाउँपालिका बान्नीगढी जयगढ गाउँपालिका ढकारी गाउँपालिका तुर्माखाँद गाउँपालिका चौरपाटी गाउँपालिका र रामारोशन गाउँपालिकामाका विभिन्न वडाहरुमा यतिबेला देउसी भैलो खेल्ने टिमहरुको निकै सक्रियता रहेको छ । तिहार शुरु भएसँगै घर, भवन तथा चोकहरुमा रङ्गीचङ्गी बत्ती राख्न थालिएको छ ।
तिहारलाई उज्यालोको पर्वको रुपमा लिइने भएकाले एक हप्ता अघिदेखि अछाममा तिहारको रौनक छाइरहेको थियो । बजार क्षत्रका ठूला भवनदेखि गाउँका साधारण घरमासम्म तिहारमा झिलिमिली बत्ती र माटोको दियो बाल्ने चलन छ । देउसी भैलोको समुहमा मौलिक बाजाहरु मादल खैचडी लगायत पर्दशन गर्ने चलन छ ।
बिज्ञापन
देउसी भैलोमा थुप्रै व्यात्तिहरुको समुह बनाएर समुहका एक जनाले अगाडी भट्याउदै अरु सबैले पछि पछि देउसीरे भन्दै रमाउने चलन छ । यो चलन बलि राजाको पाला देखि चलि आएको यो प्ररम्परा लाई संस्कृतिको रुपमा पनि लिने गरिन्छ ।






