सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको पुष्टि भएको छ ।
बिज्ञापन
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९ एनए एमभी कलसाइन भएको हेलिकोप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका ५ साविक भकान्जे गाविसको लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त भएको लिखुपपिके ५ का वडा अध्यक्ष ङिमा छिरी लामाले पुष्टि गरेका छन् ।
त्यहाँ होटल चलाउने एक जनाले फोन गरेर हेलिकप्टर दुर्घटनामा परेको बताएका छन् ।





