पञ्चदेवल विनायक नगरपालिका आम जनताका लागि होइन नगर प्रमुख र उप प्रमुखका आफन्त, नातागोता तथा राजनितिक दलका कार्यकर्तामुखी भएर काम गरिएको स्थानीयले बतायका छन । ग्रामीण जनता खानेपानी, सिचाई, बाटो घाटो, उन्नत कृषि, गुणस्तरिय शिक्षा र स्वास्थ्य सेवाको प्रतिक्षामा छन् । तर नगर सरकारलाई यी विषयमा कुनै मतलब छैन । विज्ञप्ति भनिएको छ । प्रशासकिय अधिकृत शिव प्रसाद रेग्मीले नगर प्रमुख प्रति आफ्नो बफादारिता प्रमाणित गराउनु भएको विषय नोट गरिएको छ विज्ञप्ति लेखिएको छ ।प्रमुखका आफन्त र पार्टीमा प्रतिबद्ध कर्मचारीहरु लाखौ लाख रकम पेश्की लिएर वर्षभरी पैसाको हिसाब किताब गर्न व्यस्त छन।स्थानीय बजारमा उपलब्ध हुने सामानहरु नेपालगंज र राजधानीबाट कार्यालय प्रमुख आफैले खरिद गर्ने गरेको जानकारीमा आएको छ । असारको महिनामा आफन्त र पार्टी कार्यकर्ताहरूलाई लाखौ रकम कोटेशन मार्फत बाड्न लागिएको सुनिएको छ । यस विषयमा सुचना माग्दा कार्यालय सहयोगी तपेन्द्र धामी र नगर प्रमुखका विश्वासपात्र तथा भतिजा दिपेन्द धामीबाट नेकपाका नगर इन्चार्ज क. चट्टान सि माथि सांघातिक आक्रमण गरिएको छ । आगामी दिनहरुमा हामीले उठान गरेका विषयमा सुधार र सच्चाईका संकेत नदेखिएमा जनहितका लागि हामी कठोर निर्णय लिन वाध्य हुनेछौ ६ राजनीतिकदलले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका छन ।

बिज्ञापन

प्रेस विज्ञप्ति जस्ताको त्येस्तै ।
हामी राजनीतिक दलहरु पञ्चदेवल विनायक नगरबासीहरुको हक हित, सुख शान्ती र समृद्धिका लागि प्रतिबद्ध छौ। नेपाल सरकारले दिनुपर्ने सेवा सुविधाहरुलाई चुस्त दुरुस्त र प्रभावकारी प्रवाह गर्न संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत स्थानीय सरकार गठन भएको विदितै छ । तर पञ्चदेवल विनायक नगरपालिका आम जनताका लागि होइन नगर प्रमुख र उप प्रमुखका आफन्त, नातागोता तथा राजनितिक दलका कार्यकर्तामुखी भएर काम गरिएको छ । जनताले तिरेको कर आफ्ना आसेपासे र आफन्तलाई निजी सम्पत्ति जसरी भागबण्डा गरेर योजना विनियोजन गर्ने पञ्चदेवल विनायक नगरपालिकाको नीतिको हामी घोर भत्सर्ना गर्दछौ ।

बिज्ञापन

ग्रामीण जनता खानेपानी, सिचाई, बाटो घाटो, उन्नत कृषि, गुणस्तरिय शिक्षा र स्वास्थ्य सेवाको प्रतिक्षामा छन् । तर नगर सरकारलाई यी विषयमा कुनै मतलब छैन । पञ्चदेवल विनायक नगरपालिका नागरिक उत्तरदायित्वप्रति गैर जिम्मेवार बनेको प्रशस्त आधारहरु छन् । आफु अनुकुलको हाकिम नभए सम्म नगर सभा नगर्ने योजनामा नगर प्रमुखले आफुले भनेको खुरुखुरु मान्ने हाकिम शिव प्रसाद रेग्मी खोजेर गत भाद्र महिनामा हाजिर गराए पछि नगर सभा सम्पन्न भएको तथ्य स्मरणिय छ। शिव प्रसाद रेग्मी हाजिर हुने बित्तिकै विना सूचना कर्मचारी गुपचुप नियुक्ति गरिएको तथ्यप्रति हामी बेखबर छैनौ । त्यस पछि विज्ञापनको नाटक मञ्चन गरेर करिब २ दर्जन आफ्ना नातागोता पार्टीका कार्यकर्ता भर्ना गरेर प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद रेग्मीले नगर प्रमुख प्रति आफ्नो बफादारिता प्रमाणित गराउनु भएको विषय नोट गरिएको छ। नगर प्रमुखका आफन्त र पार्टीमा प्रतिबद्ध कर्मचारीहरु लाखौ लाख रकम पेश्की लिएर वर्षभरी पैसाको हिसाब किताब गर्न व्यस्त छन भने इतर कर्मचारीहरुलाई फुर्सदिलो हुने गरी भेदभाव गरिएको विषयलाई नजिकबाट हेरिएको छ ।

स्थानीय बजारमा उपलब्ध हुने सामानहरु नेपालगंज र राजधानीबाट कार्यालय प्रमुख आफैले खरिद गर्ने गरेको जानकारीमा आएको छ । असारको महिनामा आफन्त र पार्टी कार्यकर्ताहरूलाई लाखौ रकम कोटेशन मार्फत बाड्न लागिएको सुनिएको छ । यस विषयमा सुचना माग्दा कार्यालय सहयोगी तपेन्द्र धामी र नगर प्रमुखका विश्वासपात्र तथा भतिजा दिपेन्द धामीबाट नेकपाका नगर इन्चार्ज क. चट्टान सि माथि सांघातिक आक्रमण गरिएको छ। कार्यालयमा सूचना माग गर्दा कर्मचारी र आफन्तबाट आक्रमण गर्न लगाउने नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको हर्कत अत्यन्तै घृणित र निन्दनिय छ । गुण्डा र बाहुबलले जनतालाई सुचनाबाट बञ्चित गराएर स्थानीय शासन संचालन गर्न सकिन्छ भनेर दिउसै सपना नदेख्न हामी नगर सरकारलाई चेतावनी दिन चाहन्छौ ।

बिज्ञापन

अतः स्थानीय सरकारको संरक्षणमा क चट्टानमाथि आक्रमण गर्ने दिपेन्द्र धामी र तपेन्द्र धामीमाथि कडा कारबाही गर्न हामी सम्बन्धित पक्षसंग माग गर्दछौ । नगरपालिकाका कर्मचारीहरु माथिको भेदभाव अन्त गर्न विशेष खबरदारी गर्न चाहन्छौ। विना भेदभाव सार्वजनिक सेवा प्रवाह गरिओस । खानेपानी, सिचाई, बाटो घाटो, उन्नत कृषि, शिक्षा र स्वास्थ्य सेवामाथि गरिएका पक्षपातपूर्ण व्यावहार सच्याइओस् । आगामी दिनहरुमा हामीले उठान गरेका विषयमा सुधार र सच्चाईका संकेत नदेखिएमा जनहितका लागि हामी कठोर निर्णय लिन वाध्य हुनेछौ ।
धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel