बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी) ३ नम्बर जिल्ला समिति काठमाडौंले
बिहीबार चन्द्रागिरि नगरपालिका-१ दहचोकको श्री कृष्ण माध्यमिक विद्यालयका शिक्षक एकराज पण्डितले कक्षा ८ पढ्ने अस्मिता परिवार लाई कुटपिट गरेको भन्दै कार्वाहीको माग राखेको छ ।
उक्त शिक्षक पण्डितले दिउँसो ३ बजे कक्षामा छात्राको कानमा हिर्काएका थिए । यसरी कुटपिट गरेपछि विद्यालयले छात्राकी परिवारलाई बोलाएर प्रहरीलाई खबर गरेको थियो।
एकराजले यसअघि पनि तीन जनामाथि कुटपिट गरेको आरोप लागेको थियो। त्यतिबेलामा पनि प्रहरीको रोहबरमा छलफल गरेपछि उनी छुटेका थिए। अहिले अस्मिता परिवारलाई सहिद मेमोरियल अस्पतालमा उपचारमा भहिरहेको आफन्तले जनाएका छन ।
बिज्ञापन
प्रेस वक्तव्य
हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) सदियौं देखि नि:शुल्क अनिवार्य र समान शिक्षा प्राप्ति एवम समाजमा व्याप्त अन्याय अत्याचारको विरुद्ध अनवरत संघर्षमा रहेको कुरा सर्वविदितै छ । पछिल्लो पटक शृङ्खलाबद्द हिसाबले राष्ट्रिय राजनीतिमा नक्कली सरणार्थी काण्ड र प्रत्यक्ष रूपमा भारतले हाम्रो संस्कृति हो भन्दै नेपाली भुमी माथी गिद्धेनजर राखेको यो अन्याय मात्र हैन स्वाभिमानी नेपाली माथी अपराध गरेको हो । यस्ता अनेकौं संकटहरु तथा दलाल संसदिय व्यवस्थाको असफलताले जनतामा नैरास्यता बाहेक अरु कुनै पनि कुरा देखिन्न । यी सबै खाले सङकटहरुको विरुद्व हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) विगत देखि नै संघर्षको अग्र-पङ्तीमा रहेको छ । पछिल्लो पटक शिक्षा क्षेत्रमा जिम्मेवार व्यक्तित्वबाट नै यौनजन्य हिंसा लगायत कतिपय जिम्मेवारी शिक्षक बाट विद्यार्थीलाई दिएको मानसिक यातना बाट विद्यार्थीहरु आत्महत्या गर्न बाध्य भहिरका छ्न ।
यसै सन्दर्भमा चन्द्रागिरि नगरपालिका १ दहचोक नजिकै रहेको श्री कृष्ण माबि मा कक्षा ८ मा पढ्ने छात्रा अस्मिता परिवार माथी मिति २०८०/०३/२१. गते सोही बिधालयका गणित शिक्षाक एकराज पण्डितले कुटपिट गरेका छ्न शिक्षा एकराज पण्डित २०७४ चैत्र पहिलो हप्ता पनि सोहि बिधालयका अध्यायनरत कक्षा ९ पढ्ने छात्र/छात्रा गरि ३ जनालाई कुटपिट गरेका थिए यस्तो घटना पटक पटक हुदा पनि बिधालय प्रशासन मुखदशक बनिरहेको छ । यस्ता अपराधीलाई कार्वाहीको माग गर्दै हाम्रो संगठन अखिल (क्रान्तिकारी) लाई यो घटनाले गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त घटनाको सत्य तथ्य छानबिन गरि दोषिलाई हदैसम्मको कार्बाही गरि पीडितलाई उचित किसिमको क्षेतिपुर्ती दियोस । अन्यथा हाम्रो संगठले कडा भन्दा कडा संघर्ष गर्ने चेतावनी दिन चाहन्छ।
केन्द्रिय सदस्य/संयोजक
छत्र सि
अभिवादन







