पहिलो कलंकी उद्योग व्यापार,सांस्कृतिक एवम् पर्यटक महोत्सव २०८० असार १५ गते चर्चित गायक रुपेश डोटेलले दर्शकहरुलाई छमछमि नचाएर रमाइलो गराएका छन् भने काठमाडौं डान्स ग्रुपले आफ्नो प्रस्तुति गरेका छन् । साथै स्थानीय कलाकारहरुले पनि प्रस्तुतहरु राख्नु छ । असार १६ गते पानवाल नामले चिनिने कलाकार जोगिन्दर रिजाल चर्चित कमेडि एबम हास्यकलाकार मुला साग भनेर चिनिने सुरेन्द्र केसी आउने भएका छन्। दुइजनाको जोडिले दर्शकलाई पेट मिचिमिचि हसाउने छन् । उक्त महोत्सवमा नेपाली युवा गायक उर्गेनदोङ र लोकदोहोरि गायिका कल्पना दाहाल पनि आउने भएका छन्। नेपालीको मनमनमा बस्न सफल भएका हास्यकलाकार र गायक गायिका आफ्नो प्रस्तुतिका साथ दर्शकका बिच यो शनिबारलाइ विशेष बनाउन आउने भएका छन् ।
उक्त महोत्सव नव ज्योति युवा परिवार कलबले आयोजना गरेको हो भने व्यवस्थापनमा संयुत मेला महोत्सव ग्रुप प्रा.लि रहेको छ। यस पहिलो कलंकी उद्योग व्यापार मेला सांस्कृतिक एबम पर्यटक महोत्सव भन्ने मुलानारको साथ आमजनतालाई मनोरञ्जन दिने उदेश्यले आयोजना गरिएको महोत्सवले नेपालको उद्योग व्यापारलाई मध्यनजर गर्दै देशको आर्थिक संकटको सावधान लगाएतका विषयलाई समेटेको छ। उक्त महोत्सवमा अहिलेसम्म राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकार र स्थानीय कलाकारले पनि प्रस्तुति गर्दै आएका छन र असार ३० गतेसम्मका लागि दिनहुुँ राष्ट्रिय स्तरका कलाकारले आफ्नो प्रस्तुति प्रस्तुत गर्ने आयोजकले बताएका छन् ।







बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel