2023 जुन 24 तारिखका दिन सुर्खेत जिल्ला पंन्चपुरी नगरपालिका वडा नं: ११ निवासी डिल्ली भोटेल र मिन बहादुर माझी गुजरात राज्य अन्तर्गत पर्ने सुरत महानगरपालिकाको मातहतमा रहेको मोटाराछा स्थित पानीटाकी साफ गर्ने क्रममा करेन्ट लागेर बेहोश भयको अवस्थामा सुरत सिबिल हस्पिटलमा उपचारको क्रममा भर्ना गरिएको थियो । उक्त हस्पिटलमा लापर्बाही भयको ठहर गर्दै अखिल भारत नेपाली एकता मंच गुजरात राज्य कार्यलयको सुझाब सल्लाहा अनुसार केन्द्रीय समिती सदस्य एवं गुजरात राज्य समिती सह इन्चार्ज लक्षिराम तिमिल्सेना ज्युको बिशेष पहल मा सुरतकै डाइमन्ड हस्पिटलमा भर्ना गरिएको र उक्त पिडितको अवस्थाबारे बुझ्न अखिल नेपाल नेपाली एकता मंच केन्द्रीय सदस्य तथा गुजरात राज्य समिती इन्चार्ज प्रकाश बिश्वकर्मा ज्यु स्वयम् पुगेका थिए बिश्वकर्मा ज्युको साथ मा एकता मंच केन्द्रीय समिती सदस्य एवं गुजरात राज्य समिती सह इन्चार्ज लक्षिराम तिमल्सेना एकता मंच केन्द्रीय समिती सदस्य एवं गुजरात राज्य समिती अध्यक्ष तप्त बहादुर रावत एकता मंच केन्द्रीय समिती सदस्य सल्लाहकार सदस्य एवं गुजरात राज्य समिती सहसचिव डम्बर बिश्वकर्मा एकता मंच गुजरात राज्य समिती सचिवालय सदस्य नबिन बिश्वकर्मा एकता मंच गुजरात राज्य समिती सचिवालय सदस्य खकेन्द्र तिमिल्सेना सहितको सहभागिता रहेको थियो बिश्वकर्मा ज्युले डाक्टर संगको छलफल अनुसार डिल्ली भेटेल को अवस्था नर्मल रहेको र मिन बहादुर माझीको अझै होश नआय को बताउनु भयको छ? र एकता मंच गुजरात राज्य कार्यलयका सम्पूर्ण नेतृत्व गण हरुले उक्त पिडितका आफन्त जनहरुलाई पनि यहाँहरु बारेमा कुनै पनि चिन्ता नगर्न आग्रह गर्नुभयो ।
कुनै पनि समस्या आइरहेको खन्डमा एकता मंच गुजरात राज्य समिती परिवार यहाँहरुको साथमा रहने बताउँदै यहाँहरु सबैजनालाइ सिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्नु भएको थियो अर्काको देसमा समस्या पर्दा सबै नेपाली यक जुट भयर आवाज उठाउनु पर्ने पर्कास बिश्वकर्मा ले बताउनु भयो ।







