१ प्रस्तावना ,
नेपाल एक स्वतन्त्र,सार्वभौमसत्ता सम्पन्न अविभाज्य,धर्मनिरर्पक्ष,बहुधार्मिक,बहुसाँस्कृति,बहुभाषिक बहुजातीय एबम विविधतायुक्त सङ्घिय लोकतान्त्रिक गणतन्त्रत्मक राज्य हो भन्ने मान्यता राख्दै राष्ट्रिय स्वाधिनता सार्बभौमिकता,भौगोलिक अखण्डता,लोकतन्त्र शान्ति र अग्रगमनको पक्षमा इथिहासको विभिन्न कालखण्डमा भएका जनआन्दोलन,जनयुद्ध,मधेस जनबिद्रोह,एकीकृत जनक्रान्ति,तथा आदिवासी जनजाती,खस,थारु,मुस्लिम,महिला,दलित,पिछाडावर्गलगाएत उत्पीडित एबम शोषित जनताले गरेको गरेको त्याग,बलिदान,र उत्साहको उच्च सम्मन,सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली एबम घाईते बेपत्ता,सहिद परिवा र आम नेपाली जनताप्रति आभार प्रकट गर्दै,
सङ्घिय लोकतान्त्रिक गणतन्त्र,समानुपातिक,समावेशीता,जनताको सार्वभौमिकता,नगरिक स्वतन्त्र बहुदलीय प्रतिस्पर्धा,आवधिक निर्वाचन,कानुनी राज्य,मौलिक एबम मानव अधिकार शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका,प्रेस स्वतन्त्रता, धर्मनिरपेक्षता,लोककल्याणकारी राज्य समावेशि लोकतन्त्रलगाएतका लोकतान्त्रिक मुल्य मान्यता र समाज विकासको क्रममा विकसित ज्ञान र,बिज्ञान र प्रविधि समेतको आधारमा समाजवादी गणतन्त्रत्मक राज्य निर्माण गर्दै सङ्कल्प गर्दै,
जनआन्दोलन जनयुद्ध,मधेस जनबिद्रोहलगायतका विभिन्न समुदायले गरेको आन्दोलनबाट विकसित २०६२/६३ सालको जनक्रान्ति उपलब्धिस्वरुप प्राप्त अङ्घिय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण र संस्थागत बिकास गरि मुलुकको बिकास समानता सुशासन,सम्पन्नता,सामाजिक सुरक्षा,आर्थिक एबम सामाजिक न्यायसहितको अग्रगामी रुपान्तरण तथा नेपाली बिशेषताको समाजवादको लक्ष्य प्राप्तितर्फ दृढतापुर्वक अगाडी बढ्ने संकल्प गर्दै,
मुलुकमा बिद्यान रहेको राष्ट्रिय राजनीति,आर्थिक,सामाजिक,एमब साँस्कृतिक समस्या र चुनाैतिकाे सामना गर्ने तथा राष्ट्रिय राजनीतिमा,पश्चगामि यथास्थितिवादी र आगामी राजनितिक प्रवृत्ति बिद्यामन रहेको वर्तमान अबस्थामा देशलाई अग्रगामी निकास दिने समाजवादी सक्तिहरुको एकताबद्ध पहलकदमि आवश्यकता छ भन्ने कुरा हृदयङगम गर्दै,
संबिधानको रक्षा,कार्यन्वयन समयसापेक्ष संशोधन,परिमार्जन र बिकासका साथै शान्ति प्रक्रियाका बाकी कामहरुको पुर्णतार संघघिय शासन प्रणाली आधारित समतामूलक,न्यायपुर्ण,विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यबस्था स्थापन गर्ने उद्देश्यले हामी निम्न साझा मुद्दां लक्ष्य र उदेश्यहरु प्राप्तिका लागि समाजवादी मोर्चा नेपाल गठन गर्ने सहमती भएका छौ ।
२.
संङ्घियता,लोकतन्त्र,सुशासन,समृद्धि र सामाजिक आर्थिक न्यायसहित नेपाली विशेषताको समाजवादको स्थापना गर्ने मोर्चाको प्रमुख उदेश्य हुने छ । त्यस उदेश्य प्राप्तिका लागि हाम्रो वैचारिक एबम राजनितीक प्रतिबद्धहरु निम्नबमोजिम रहेका छन !
यस्ता छन्, मोर्चाका उद्देश्य तथा नीतिगत प्रतिवद्धताहरु :-
बिज्ञापन
१. सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने ।
बिज्ञापन
२. नेपालमा सदियौंदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेदहरू अन्त्य गर्ने । त्यसका लागि निरन्तर जनपहल र जनदवाव सृजना गर्ने । मानव विकास सूचाङ्कमा पछाडि परेका मधेश, कर्णाली र सेती–महाकालीलगायत पिछडिएको क्षेत्र र जनताको विकास र अवसरलाई विशेष प्राथमिकतामा राख्ने ।
३. राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रूपले बहिष्करणमा परेका वा पारिएका मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारु, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्नवर्ग लगायतका सीमान्तकृत समुदायहरूको पहिचानको मान्यता, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने ।
बिज्ञापन
४. जनताको नागरिक र राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्ने ।
५. वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त तथा सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्रियाशील भूमिकाका आधारमा समाजवादी अर्थ–राजनीतिक व्यवस्था अवलम्बन गर्ने । प्रगतिशील कर प्रणाली लागू गर्ने । देशको अर्थव्यवस्थामा नीतिगत तथा संरचनागत सुधार गरी उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने ।
६. आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकरण गर्ने, वैदेशिक रोजगारीबाट पुँजी र प्रविधिसहित फर्केका नेपालीहरूलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने । गरिवी उन्मूलन र रोजगार प्रवर्द्धनको क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारहरूलाई क्रियाशील बनाउने ।
७. वैज्ञानिक भू–उपयोग नीति लागू गर्दै कृषि क्रान्तिको माध्यमबाट कृषिको औद्योगीकरण, व्यवसायिकरण र आधुनिकीकरण गरी कृषिमा निर्भर श्रमजीवी जनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नत बनाउने, उर्जा, जलश्रोत, बन, उद्योग, वाणिज्य, पर्यटन, सूचनाप्रविधि, भौतिक पूर्वाधार, यातायातलगायत क्षेत्रलाई आर्थिक समृद्धिको सम्बाहकको रूपमा विकास गर्ने ।
८. शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरूको रूपान्तरणका लागि राज्यले प्राथमिकता दिने । सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगार, सामाजिक सुरक्षा र आवासमा पहुँचको प्रत्याभूति गराउने । शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रभावकारी बनाउने । प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने ।
९. जलवायु परिवर्तन, वातावरणीय प्रदुषण र प्राकृतिक विपत्का कारण उत्पन्न नकारात्मक असरलाई नियन्त्रण गर्ने, जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने ।
१०. गुणस्तरीय सेवाप्रवाहका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने, अनुगमन र मूल्याङ्कनका परिपाटी स्थापित गर्ने, समग्रिक योजना तर्जुमा गर्ने, शासकीय सुधार गर्ने तथा देशमा देखा परेको अनियमितता, प्रशासनिक ढिला सुस्ति, भ्रष्टाचार, कमिसनतन्त्र जस्ता अपराध र विकृतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउने ।
११.सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीयतहका सरकारहरू बिचको क्षेत्राधिकारलाई स्पष्ट पार्ने, देशको राजस्वतथा स्रोत साधनहरू सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने र राज्यकातर्फबाट प्रदानगरिने सेवा सुविधाहरू जनतामा पुर्याउनप्रदेश तथा स्थानीयतहलाई सक्षम बनाउँदै सङ्घीय समाजवादी प्रणालीलाई समृद्धगर्ने ।
१२. देशको स्वाधिनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षागर्न एवम जनताको समृद्धिका लागि संयुक्त राष्ट्रसङ्घको वडापत्र र पञ्चशीलको सिद्धान्तलाई आधारमानी स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अबलम्वन गर्ने ।
१३. विगतकाविभिन्न कालखण्डमा भएका आन्दोलनहरूका कारण विभिन्न दलका नेता÷कार्यकर्ताहरू माथि लगाइएका मुद्दाहरूको खारेजी र राजबन्दी रिहाईका लागि आवश्यक कानूनी र राजनीतिक पहल गर्ने । विभिन्न राजनीतिक दलहरूसँग भएका सहमति र सम्झौताहरू कार्यान्वयन गर्ने ।
१४. समाजको विविधतायुक्त चरित्रअनुरूप राष्ट्रिय, लोकतान्त्रिक र बैज्ञानिक संस्कृति प्रवद्र्धन गर्ने । जाति, भाषा, धर्म तथा संस्कृतिको क्षेत्रमा रहेका सम्पूर्ण भेदभावहरूको अन्त्य गरी राष्ट्रिय एकता प्रवद्र्धन गर्ने । प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासलाई प्रोत्साहित गर्ने ।
१५.समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका शोषण, उत्पीडन र विभेदहरूको अन्त्य गरी समता, स्वतन्त्रता एबम् न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने । श्रम–संस्कृतिलाई प्रोत्साहित गर्ने । श्रमजीवी जनताको पहलकद्मीमा आर्थिक समृद्धिको माध्यमबाट आर्थिक, सामाजिक र साँस्कृतिक रूपान्तरण गर्ने ।
३ सङगठात्मक संरचना
मोर्चाको नितिगत निर्णय गर्ने सदस्य दलहरुको अध्यक्षसहित तोकोएको प्रतिनिधिहरू रहेको एक संयोजन समिती हुने छ । उक्त समितिले आवश्यकता अनुसार उपसमितिहरु गठन गरि क्षेत्राधिकार तोक्ने सक्ने छ । समितिले समान उदेश्य,निति,कार्याक्रम बोकेको र मोर्चाका अवधारणालाई समर्थन गर्ने राजनितिक दलहरूसंग्ग वार्ता गरि यस मोर्चामा सामेल गर्ने सक्ने छ । यो मोर्चालाई आवश्यकताअनुसार प्रदेश र स्थानिय तहसम्म विस्तार गरिने छ ।
४.सचिवालय
मोर्चाले तय गरेका निति,योजना र कार्यक्रमहरुको कार्यान्वयन र अनुगमन साथै दैनिक कार्य संन्चालन गर्ने एक सचिवालय हुने छ जसमा सदस्य दलहरुबाट तोकिएबमजिमका प्रतिनिधिहरु रहने छ्न ।
५. सदस्यता र घटक दलहरुको स्वायत्तता
यस सहमति पत्रमा सहमति जनाई हस्ताक्षर गर्ने दलहरु यस मोर्चाको सदस्य हुने छ्न ।मोर्चा निर्माण भैसकेपछिको अबस्थामा समितीले निर्णय गरि अन्य समाजवादी तथा प्रगतिशील दलहरुलाई पनि यसमा समावेश गर्ने सकिने छ । यसका सदस्य हरुले मोर्चाको निति,कार्यक्रम र उदेश्यविपरीत हुने गरि आफ्नो गतिविधि गर्ने छैनन् । तर आफ्नो अलग कार्यक्रममा पार्टी नितिअनुरुप काम गर्ने स्वतन्त्र हुने छ ।
६.मोर्चाको नेतृत्व र निर्णय प्रक्रिया
मोर्चाको नेतृत्व शिर्ष नेतालेहरुले आलोपालो गर्ने छ्न । यस मोर्चाको निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुने छ । यस मोर्चाको सदस्यहरुको साझा निति,कार्याक्रम र उदेश्यको आधारमा कामकारवाहि गने छ्न ।
७. निति तथा कार्याक्रम
मोर्चाले आफ्नो साझा निति तथा कार्यक्रम,आचारसंहिता र आवश्यकताअनुसार कार्याविधिहरु बनाउने छ र समयसापेक्ष परिमार्जन गर्ने मोर्चाले घटक सदस्यहरुबीच सहकार्यको संस्कृति विकास गर्दै केन्द्रदेखी स्थानीय स्तरसम्म प्रचार प्रसार अन्तरक्रिया,आमसभा तथा आवश्यकताअनुसार संयुक्त संघर्षका कार्याक्रमहरु सन्चालन गर्ने छ्न ।






