अछाम जिल्ला तुर्माखांद गाउँपालिका भैरबस्थान एक युवा भारतको गुजरातमा मृत भेटिएका छ्न कामको शिलशिलामा भारत गएका नरेश बुढा कोठापछाडीको रुखमा झुन्डिएको अबस्थामा फेला परेका छन।
भारतमा रहेका पत्रकार लोकेन्द्र शाहीका अनुसार मृतक नरेश बुढाको पुर्ख्यौली घर अछाम जिल्ला तुर्माखांद गाउँपालिका भैरबस्थान हो भने हाल कैलाली जिल्ला भजनी नगरपालिका वडा न. ४ बस्दै आएका छ्न उनि प्रेम बुढाका जेठा छोरा हुन उनि अहिले २२ बर्षका भए मृतक बुढा हाल भारतको गुजरातमा काम गर्दै अहिरहेका थिए । आत्महत्या को कारण भन्ने खुलेको छैन ।
बुढाले आत्महत्या गरेको खबर भुजबाट धुर्ब सन्ज्याल , उदय चलाउने, र तपेन्द्र बिष्ट ले जानकारी गराउनु भएको थियो। बुढा बिगत ३ महिना देखि गुजरातको डिमाट रोडमा काम गर्दै आइरहेका थिय । बुढा आफ्नै सानोभाइ र आमा संग बस्दै आएका थिय । सन 2023 जुन 9 तारिख दिउँसो २:०० बजेपछी उनी एकाएक सम्पर्क बिहिन भएका थिय । कोठामा कोही नभयको अवस्थामा कोठापछाडीको रुखमा झुन्डिएको अबस्थामा फेला परेका थिए। बुढा रुखमा झुन्डिएको अबस्थामा उनका मामा नाता पर्ने दान बहादुर मल्लले फेला पारेका थिय मल्लले देख्ने बितिकै पुलिस र अन्य आफन्त बोलाएर जानकारी दिएका थिए । बुज पुलिसको अनुसन्धानमा पनि नरेश ले आत्महत्या नै गरेको हुनसक्ने पुलिसको भनाई छ । उक्त घटनाको जानकारी पाए लगतै पसुपत्ति सहकारी समुहका अध्यक्ष उदय सिंह चलाउने ,उपाध्यक्ष धुर्बराज जैशी , सचीव बिनोद उपाध्याय ,सह सचिब रतन बोहोरा,कोषाअध्यक्ष प्रकाश भोटेल सहयोगी सदस्य तपेन्द्र बिष्ट ,धुर्वराज जैशी ,लगायत परिवार र पशुपति सहकारीको टिम ,आफन्तजनहरुको सहभागीमा भारतमा मृतक बुढाको अन्तिम दाहसंस्कार गरेका थिए । जानकारी अनुसार बुढाले आफ्नो मोबाइल पनि फुटाएका छ्न।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
लोकेन्द्र शाही
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel