स्केटिङ एन्ड स्केट बोर्डिङ संघको चुनावी साधारण सभाले अच्यूत खनाललाई निरन्तरता दिदै १३ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सिमान्त उदास, जागृत पहाडी र अमिरकुमार श्रेष्ठ, महासचिवमा सत्य थापा, सचिवमा दिनेश बजगाईं, सह–सचिवमा डिक्रकुमार बजगाई तथा कोषध्यक्षमा रत्नकुमारी राई रहेका छन् ।

बिज्ञापन

राजकुमार घिमिरे, सिजम सिजाली, सन्दिप नेपाली, दिपेश आचार्य र माइकल बस्नेत सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत मिनकुमार शर्माले प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यसअघि कुपण्डोलमा भएको साधारण सभाको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
छत्र बि.क
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel