अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा CTEVT उपत्यका जिल्ला संयोजक प्रजित सीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
बिज्ञापन
अखिल (क्रान्तिकारी) ले ललितपुर भैसेपाटीस्थित चक्रवती कलेजले विद्यार्थीलाई दु:ख दिएको विषयमा छलफल गरिरहेको बेला कलेज प्रशासनको उक्साहतमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा CTEVT उपत्यका जिल्ला संयोजक प्रजित सीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै घोर निन्दा तथा भत्सर्ना गरेको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश सीले एक प्रेस विज्ञप्ति जारी गरि गिरफ्तारीको घाेर निन्दा तथा भत्सर्ना गर्दै तत्काल क.प्रजितलाई विना सर्त रिहाई गर्न जोडदार माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा कडा संघर्ष गर्न बाध्य हुनेछौं त्यसबाट सिर्जित परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुनेछ ।’
विद्यार्थीसँग सत्यतथ्य बुझ्दै गर्दा कलेज प्रशासनले गिरफ्तार गराउनु निन्दनीय भएको भन्दै तत्काल प्रजितलाई रिहाई गर्न माग गरेका छन् र रिहाई नगरे कडा संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।
बिज्ञापन
हिजो चक्रवती कलेजबाट संगठनका केन्द्रीय सदस्य प्रजितलाई प्रहरीले गिरफ्तार गरेर जावलाखेल प्रहरी हिरासतमा राखेको छ







