नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले तत्काल ल्याएका पार्टी योजनाहरुलाई आत्मसाथ गर्दै तीव्रगतिमा सङ्घर्षका कार्यहरू अगाडि बढाउने निर्णय गरेको छ । २४ गते भक्तपुरमा बसेको नेकपा कम्युनिस्ट पार्टी उपत्यका ब्यूरो अन्तर्गत भक्तपुर जिल्ला समितिको सेल कमिटी प्रशिक्षणत्मक बैठकमा उक्त निणर्य गरिएको हो ।
उक्त बैठकमा प्रमुख अतिथि रहेका नेकपा जिल्ला इन्चार्ज अखिल सी ले ” दलाल संसदिय ब्याबस्था असफल भएको प्रस्ट्याउँदै विकल्पमा नेपाल कम्युनिस्ट पार्टीले स्थापना गर्न खोजेको वैज्ञानीक समाजवादी ब्यवस्था भएको वताए । बैज्ञानीक समाजवादी ब्यवस्था स्थापना गर्न सडक संघर्ष गरिरहेको नेकपा सधैं जनताको पक्षमा रहेको उनले जिकिर गरेका थिए । ”
अपार सी को अध्यक्षतामा बसेको उक्त बैठकमा अतिथिमा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला कमिटी सदस्य बिन्दु सी,भक्तपुर जिल्ला सदस्य तथा भक्तपुर जिल्ला न्याय बिभाग प्रमुख दुर्गा सी राखेका थिए ।





