अछाम जिल्लाकाे मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख जगत रावलले धम्कीपुर्ण शैलीमा मान्छे लाई जंगलीको संज्ञा दिएका छन् ।
मंगलसेन नगरपालिका वडा नम्बर १२ ठाटिखादमा अवस्थित एउटा बालविकास केन्द्र लाईआफुले खारेज गरेको भन्दै आफुलाई महान ठानेका छन् ।
स्थानीय गणेश शाही संगको फोन संवादमा उनले भनेका छन म संग बोल्ने तपाईंको हिम्मत छ ।
त्यहाको बालबिकास मैले खारेज गरेको हो । त्यहाका मान्छे सब जंगली हुन् । त्यहा जंगली बस्ने ठाँउ हो । उनले दिएको यो अभिव्यक्ति अहिले सामाजिक संजालमा भाइरल बनेको छ.
उनी फेरि थप्छन् ` बालबिकास जगत रावलले खारेज गरेको हो तपाईं जे गर्न सक्नु हुन्छ गर्नुस् ।त्यस ठाउँका मानिस अनपढ र जंगली भन्दै दिएको अभिव्यक्तिले लज्जास्पद ब्यवहार देखिएको छ । एक जिम्मेवार ब्यक्तिले यति सम्मको गैरजिम्मेवार अभिव्यक्ति दिनुले साम्प्रदायिक भडकाउने काम भएको सरोकारवाला बताउछन ।
भिडियो





