काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपली जनताकाे अबको अन्तर्विरोध भूमण्डलीकृत साम्राज्यवाद अर्थात अमेरिकी साम्राज्बादसङ्ग भएको बताएका छन्। मंगलबार नेपाल कम्युनिस्ट पार्टी निकट जवस मोर्चाको संयुक्त आयोजनामा काठमाडौंमा भएको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव विप्लवले यसो बताएका हुन्।

बिज्ञापन

महासचिव विप्लवले प्रशिक्षण दिँदै अवको अन्तर्विरोध भूमण्डलीकृत साम्राज्यवाद संग पर्दैछ भन्दै त्यसलाई संसदवादी पार्टी र तिनका नेताहरुले थेग्न नसक्ने बताए।

बिज्ञापन

उनले वर्तमान समयमा विश्वपरिवेश बदलिएको भन्दै अमेरिकी साम्राज्यवाद नयाँ तरिकाले नेपाल छिर्न खोजेकोले अबको अन्तर्विरोध भूमण्डलीकृत साम्राज्यवादसङ्ग भएको ठोकुवा गरेका हुन।

अमेरिकी साम्राज्यवादको उदेश्य पूरा नभए पछि पुराना दल र नेताहरुलाई वलिदान गरेर नयाँ दल र नेताहरूलाई योजनाबद्ध रूपमा अगाडी सारेको उनकाे जिकिर थियो।

बिज्ञापन

नक्कली भूटानी शरणार्थी प्रकरण पनि पुराना नेता र कार्यकर्ता सिध्याउने र केहि प्रायोजित पात्र ल्याउन गरिएको योजना भएको भन्दै महासचिव विप्लवले “यो सब अमेरीकाले सुझ बुझका साथ गरेको छ ,अमेरीकाले नेपालका नेताहरू पैसाका लागि जे पनि गर्न तयार हुने कम्जोरीलाई हतियार बनाएर प्रहार गरेको हो”- ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel