केआइसिंह गाउपालिका–५ ले अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको छ। गाँउपालिकाले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आइतवार अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको हो।
अध्ययनको शिलशिलामा माया प्रेम बसेर विवाह गरेका जोडिलाई गाउँपालिकाले सम्मान गरेको छ।
बिज्ञापन
तर अन्तरजातीय विवाह गरेका जोडिले भने जातीय विभेदको अझै पनि सामना गर्नुपरिरहेको अनुभव सुनाएका छन्। वडाले सम्मान गरेपछि आफुहरुले उठाएको कदम सहि र परिवर्तनको पक्षमा भएको विवाहित जोडिले बताएका छन्। केआईसिह गाँउपालिका–५ का अध्यक्ष दुुर्गा रावलले जातीय विभेदकै कारण दलित र गैरदलितबिचको खाडललाई मेटाउन अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरिएको बताए।
बिज्ञापन
सरकार आम नागरिकको अभिभावक भएकाले गाँउ समाजमा रहेका यस प्रकारका विभेदको अन्त्य गर्न गाउँपालिका कटिबद्ध छ।’ डोटीमा जातीय भेदभावको विरुद्धमा आवाज उठाउदै आएका यज्ञ पार्कीले केआइसिंह गाउँपालिका–५ ले यस वडामा अन्तरजातीय विवाह गर्ने जोडिलाइ र अन्य उत्कृष्ट दलित समुदायका युवाहरूलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे।






