चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापस्थित एक घरमा आज बिहानै महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए ।
बिज्ञापन
उनका अनुसार महिला बन्द कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार मृतक ३९ वर्षीया प्रफुला मानन्धर श्रेष्ठ हुन् । उनी घरको दोस्रो तलामा रहेको कोठाको भुइँमा लडिरहेको अवस्थामा मृत्य फेला परेकी छन् ।
बिज्ञापन
शव पोस्टमर्टको लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।






