नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र एक जना विद्यार्थी हिजो मृत फेला परेका थिए ।
धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेका हुन् । उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा गएराति मृत फेला परेको लैनचौर प्रहरीले जनाएको थियो । भने त्येहा आफन्तको भनाई अनुसार विद्यार्थीलाई टिचरले टचर दिएको भनिएएको छ ।
प्रेस वक्तव्य यस्तो छ जस्ताको त्येस्तै
हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) सदियौं देखि नि:शुल्क अनिवार्य र समान शिक्षा प्राप्ति एवम समाजमा व्याप्त अन्याय अत्याचारको विरुद्ध अनवरत संघर्षमा रहेको कुरा सर्वविदितै छ । पछिल्लो पटक शृङ्खलाबद्द हिसाबले रास्ट्रीय राजनीतिमा सरणार्थी काण्ड लगायत अनेकौं संकटहरुले जनतामा नैरास्यता बाहेक अरु कुनै पनि कुरा देखिन्न । यी सबै खाले सङकटहरुको विरुद्व हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) विगत देखि नै सँगर्षको अग्र- पङ्तीमा रहेको छ । पछिल्लो पटक शिक्षा क्षेत्रमा जिम्मेवार व्यक्तित्वबाट नै यौनजन्य हिंसा लगायत कतिपय जिम्मेवारी शिक्षक बाट विद्यार्थीलाई दिएको टचर बाट विद्यार्थीहरु आत्महत्या गर्न बाध्य छन ।
यसै सन्दर्भमा काठमाडौंको सोह्रखुट्टे नजिकै रहेको इलिप्स स्कुलको होस्टेलमा बस्दै आउनु भएको कक्षा ५ मा अध्यनरत छात्र अबिशेक तामाङले उक्त स्कुलमा पढाउने एक जना शिक्षकले दिएको मानसिक टचरले अस्ति साझ राती आत्महत्या गरेका छन । मृतको परिवारलाई जानकारि नगराएर नै पोस्टमाटम गर्न लिनुले उक्त घटनालाई योजना बद्ध हिसाबले घटाएको पुष्टि गर्न सकिन्छ । तसर्थ हाम्रो संगठन अखिल (क्रान्तिकारी) लाई यो घटनाले गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त घटनाको सत्य तथ्य छानबिन गरि दोषिलाई हदैसम्मको कार्बाही तथा पीडित परिवारलाई उचित किसिमको क्षेतिपुर्ती दियोस । अन्यथा हाम्रो संगठले कडा भन्दा कडा संघर्ष गर्ने चेतावनी दिन चाहन्छ। अन्तमा मृतक प्रती हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनम गहिरो समवेदना ।





