आरोपितहरुले दिएको बयानका आधारमा नाम पोलिएका र यस प्रकरणमा कुनै न कुनै रुपमा संलग्नता देखिएकाहरुमाथि फेरि अनुसन्धान हुने रकारी वकिलको कार्यालयले जनाएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार प्रहरी प्रतिवेदनमा आधारित भएर आरोपितहरुलाई मुद्दा चलाउने निर्णय भएको हो। उनी भन्छन्, ‘कतिपय अवस्थामा थप अनुसन्धान अनिवार्य देखिएकाले प्रक्रिया अघि बढाउनु भनी निर्देशन भएको हो।
बिज्ञापन
बुधबार अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको छ । उनीहरूविरुद्ध ठगी, सरकारी कागजात किर्ते, राष्ट्रहितविरुद्धको कसुर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको छ।
बिज्ञापन
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत उच्च पदस्थ व्यक्तिहरु पक्राउ परिसकेका छन्। उनीहरु विरुद्ध मुद्दा दर्तासमेत गरिएको छ। प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन्। केही अझै फरार छन्।
सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार प्रहरी प्रतिवेदनमा आधारित भएर आरोपितहरुलाई मुद्दा चलाउने निर्णय भएको हो। उनी भन्छन्, ‘कतिपय अवस्थामा थप अनुसन्धान अनिवार्य देखिएकाले प्रक्रिया अघि बढाउनु भनी निर्देशन भएको हो।’
बिज्ञापन
‘प्रतिवादीहरुको बयान पोलमा परी खुलाइदिएका व्यक्तिहरुको हकमा अनुसन्धान कार्य जारी रहेको हुँदा स्वतन्त्र प्रमाणबाट कसूर गरेको खुल्न आएका बखत वा पक्राउ परी आएका बखत थप दावी लिई अभियोग–पत्र पेश गरिने ब्यहोरा सादर अनुरोध छ,’ सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको निर्णयमा भनिएको छ।
यस प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती एवं सांसद आरजु देउवा देउवा, पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती एवं सांसद मञ्जु खाणको नामसमेत जोडिएको थियो तर उनीहरु विरुद्ध कुनै अभियोग दर्ता भएको छैन। त्यस्तै, सानु भण्डारीले इन्द्रजित राईले अह्राएअनुसार तत्कालीन गृहसचिव प्रेम राईको गाडीमा १ करोड रुपैयाँ राखेको बयान दिएका छन्। उनीबिरुद्ध पनि कुनै मुद्दा दर्ता भएको छैन। प्रहरीले यस प्रकरणमा उनको संलग्नता देखिएकोबारे कुनै अनुसन्धान नै अघि बढाएको छैन।
आरोपितहरुले बयानमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, छोरा प्रतिक थापाको नाम जोडिएको थियो। प्रतिक थापाविरुद्ध मुद्दा दायर भए पनि बादल र उनकी पत्नीमाथि अनुसन्धान भएको छैन ।
प्रहरी प्रतिवेदनमा उल्लेख भएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यका सचिव राजेश्वर स्थापित, पूर्वप्रधानमन्त्री ओलीका सल्लाहकार डा. अजयक्रान्ति शाक्यमाथि समेत प्रहरीले मौकाको कागज गराउनेदेखि अरु प्रमाण संकलन गर्ने काम गरेको छैन ।
सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरी प्रतिवेदनमा आधारित भएर आरोपितहरुलाई मुद्दा चलाउने निर्णय गरेसँगै अब उनीहरुको संलग्नताबारे पनि अनुसन्धान हुने अनुमान गरिएको छ।






