काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको बुधबार पार्टी केन्द्रीय कार्यालय बुद्वनगरमा बसेकाे स्थायी समितिको बैठकले देशमा भ्रष्टाचारको जालाे ठुलो रहेको र त्यस विरूद्व कडा संघर्ष गर्न आवश्यक भएको निष्कर्ष निकालेकाे हाे ।

बिज्ञापन

बैठकले महासचिव विप्लवले भ्रष्टाचार विरूद्व सम्बाेधन गरिरहेको फेसबुक लाइभ कार्यक्रमलाई बन्द गर्ने षड्यन्त्रकारी हर्कत भएको प्रति खेद प्रकट गरेको छ ।

बिज्ञापन

यस्तै नेकपाकाे बैठकले देशमा बढ्दै गएको संकट समाधानका लागि सबै माओवादी, कम्युनिस्ट शक्ति, देशभक्त र लोकतान्त्रिक शक्तिहरु बीच समाजवादी बृहत संयुक्त मोर्चा निर्माणमा जोड दिने निर्णय गरेको छ ।

नेकपाले तीन कम्युनिस्ट पार्टी बीच हालै सम्पन्न पार्टी एकतालाई अझ सुदृढ गर्न तत्काल केन्द्रिय समितिको बैठक बस्ने तयारी गरेको स्थायी समिति सदस्य भरत सीले जानकारी दिएका छन
नेकपाकाे स्थायी समितिको बैठकले हालै एकतामा आएका तत्कालीन नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णाजित बुढाथोकीलाई स्थायी समिति सदस्यमा मनाेनित गरेको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel