मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति लगायतका केही प्रशासकहरु र विभिन्न स्वार्थ समुहहरुको निहित स्वार्थपुर्ति गर्ने उदेश्यले विश्वविद्यालयवाट निजी शैक्षिक संस्थाहरुलाई सम्वन्धन दिन २०७९ चैत्र २९ गते आवेदन खुला गरेको निर्णयप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । सो निर्णयका विरुद्धमा संयुक्त विद्यार्थी संगठनहरुका तर्फबाट विश्वविद्यालयमा अनसन लगायतका संघर्षका कार्यक्रमहरु निरन्तर भइरहेका छन ।
उच्च शिक्षालाई क्रमस राज्यको व्यवस्थापनमा ल्याउनुको साटो निजि संस्थाहरुलाई सम्वन्धन बाढ्ने षड्यन्त्रको हामी घोर निन्दा गर्दछौँ । साथै विश्वविद्यालयमा आन्दोलनरत संयुक्त विद्यार्थी आन्दोलन प्रति एकेवद्धता समेत जाहेर गर्दछौँ । निजी शैक्षिक संस्था पोस्ने र शिक्षालाई निजिकरण तिर धकल्ने सम्वन्धन प्रकृया तत्काल रोक्न पनि जोडदार माग गर्दछौँ । अन्यथा हामी कडा संघर्षमा उत्रिन वाध्य हुने र त्यसवाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं उपकुलपति र विश्वविद्यालय प्रशासन हुने विषय पनि स्पष्ट पार्दछौँ ।






