एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल भइरहेको अवस्थामा वर्षा भएपछि रोकिएको छ।

बिज्ञापन

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २३ ओभर २ बलमा १४१ रन बनाउँदा वर्षाले खेल रोकिएको हो ।

बिज्ञापन

अहिले पिच छोपिएको छ । पानी परेसँगै खेल हेर्न मैदानमा उपस्थित दर्शक तितरवितर भएका छन् । यद्यपि, दर्शकहरु छाता ओढेर मैदानमै छन् ।

सानदार सुरुवात गरेको नेपालले अहिले रन बटुल्न संघर्ष गरिरहेको छ । ओपनर कुशल भुर्तेलले ४३ रन बनाएर क्याच आउट भए । उनले ७ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर आशिफ शेखले ३१ रन बनाए । २८ बलको सामना गरेका उनले १ चौका र ३ छक्का हाने । भीम सार्की १ रन बनाएर सस्तैमा आउट भए । वर्षाले खेल रोकिनु अघिसम्म क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्लले नेपालको ब्याटिङ लाइन सम्हालिरहेका छन् । रोहितले ३० जोड्दा कुशलले ३२ रन बनाएका छन् ।

बिज्ञापन

कुवेतका अदनान् इद्रीसले २ तथा मोहम्मद अस्लामले १ विकेट लिएका छन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । गुल्सन झाको स्थानमा करण केसीलाई राखिएको छ । नेपाल समूह ‘ए’ को विजेता र कुवेत समूह ‘बी’ को उपविजेता बन्दै प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कपको सपनालाई वास्तविकतामा बदल्न मात्र दुई जितले टाढा छ । त्यसका लागि नेपालले आज हुने सेमिफाइनलमा कुवेतको चुनौती पन्छाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel