काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनको घरमा
शुक्रबार राति साढे ९ बजे तिर गोलि चलेको थियो ।गोलि चलाउने व्यक्ति प्रहरी हवल्दार प्रकाश पुन मगर रहेको खुलेको छ शुक्रबार राति गोलि चलाउदा पुनकी आमा तिर्थमाली पुन बसेको घरमा गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ ।

बिज्ञापन

नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी थिइन् । उनि दाईको घरमा बस्दै आएकी थिन उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बिज्ञापन

राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ ।

स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । रोल्पामा उनीहरु छिमेकी समेत भएको पुन निकट स्रोतले जनाएको छ । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel