भनिन्छ !इतिहास नया रूपमा दोहोरिन्छ।तर नेपालमा इतिहास पुरानै स्वरुपमा दोहोरिरहेको छ नेपालको जात ब्याबस्थाको इतिहासलाई पल्टाएर हेर्दा अर्थात ऐतिहासिक तथ्यलाइ निहाल्दा नेपालमा जात ब्याबस्थाको सुरुवात कहिले भयो भन्ने कुरामा प्रष्ट भइन्छ।दक्षिण एसियाको पाँच हजार बर्षको इतिहासलाई हेर्दा सिन्दुघाटिको सभ्यता भारत र पाकिस्तानको सिमाना को नदिलाइ बुझ्न सकिन्छ।जहाँ हिन्दुहरुको बसोबास थियो हिन्दुघाटी को सभ्यतामा दुईवटा सभ्यता पाँच हजार बर्ष अगाडी विकसित थिय।एउटा हरप्पाको सभ्यता अर्को मोहनजोदारो को सभ्यता। यहि सिन्दुघाँटी को सभ्यतालाई आर्यहरुले धोस्त पारे र नया जात प्रणालीको सुरुवात गरे।पैतिससय बर्ष अगाडि ब्यास भन्ने ब्याक्तिले आफ्नो लिपिमा उल्लेख गरे अनुसार ठूलो पौराणिक पुरुषको मुखबाट ब्राह्मण को जन्म भयो छातीबाट क्षेत्रीको जन्म भयो र पैतलाबाट शुद्रको जन्म भयो।र ब्राह्मणलाई ज्ञान आर्जन गर्ने ज्ञानद्वारा अरुलाइ शिक्षित पार्ने क्षेत्री लाई राज्य र प्रसाशन संचालन गर्ने र शुद्र लाई ब्यापार कृषी र पशुपालन गर्ने भनेर श्रम बिभाजन गरियो ।जहाँ एक पुस्ता देखि अर्को पुस्ता मा जादा पनि जिजु बाजे हरुले गरिराखेको पेशा आफुलाइ नआउदा पनि नाति पनातिले गर्नु पर्ने बंशाणुगत पेशाको उत्पती गराए। यसरी कामको बिभाजन भइसके पछाडी समाजले अछुत बनाइएका हरुलाइ कामको आधारमा भेदभाव ,शोषण र दमन गर्न थाले जो अछुत बनाइएका छन तिनीहरु आफ्नो वकालत को लागि बिद्रोह गर्न थाले फलस्वरुप माथिल्लो बर्ग जात का मान्छेहरुको राज्य ढल्ने हालिमुहाली नहुने भएपछि विभिन्न खालका नियम कानुन बनाइयो ।जस्तैः अछुत बनाइएकालाई ढोल,पसु सरह पिट्न मिल्ने, समाजबाट बहिष्कृत गर्ने इत्यादि।येसरी नै छब्बीस सय बर्ष अगाडि नै जात ब्याबस्था नेपालमा सुरु भइसकेको थियो। जहाँ पछि आयर लिक्ष्बी ,किरात हरुले पनि जात ब्याबस्थालाइ अगाडि बढाय ।यो जात ब्याबस्थाले मान्छेको दिमागमा यसरी जरा गाड्यो कि जहाँ मानिसहरुलाइ जातको आधारमा सम्मान बिभाजन गरियो।यो बिभेदकारी हिन्दु समाज अथवा हिन्दु सासकहरु द्वार निर्मित समाजमा सधै माथी बस्नेले आफुभन्दा तल बस्नेलाइ थिच्छ ,तल बस्नेले आफुभन्दा तल बस्नेलाइ थिच्छ,यसरी थिच्दै जादा जो सबै भन्दा तल थिचिएको हुन्छ त्यसले कस्लाइ थिचौ भनेर मान्छे खोज्न थाल्छ।हिन्दु समाजमा विभेद नहुने भन्ने हुनै सक्दैन तहगत रुपमा विभेद हुन्छ।किनभने जङगबहादुर राणाले गर्नै पर्छ भनेर कानुन बनाइदिएका छन।यदि कोहि कानुन बिपरित जान्छ भने समाजबाट बहिष्कृत हुने कानुन बनाइयो यसरी नेपालको इतिहासलाई हेर्दा जात ब्याबस्थाको सुरुवाती यसको असरलाई प्रष्ट बुझ्न सकिन्छ ।तेति बेलाका शासकहरुले बनायको कानुन अनुसार जो सङ्ग जग्गा जमीन छ तिनीहरुलाई समाजको उपल्लो बर्गमा राख्यो जो हुदा खाने छन तिनीहरुलाई दमन शोषण गर्न थालियो।जस्तैः हलिया राख्ने कमारो राख्ने लगायत का दमन गर्न थालियो ।नेपालको जात ब्यबस्थालाइ क्रमिक रुपमा अध्यन गर्दै जादा शासकहरु द्वारा निर्मित कानुनमा दलित हरुलाइ आर्थिक ,समाजिक ,सास्कृतिक रुपमा अछुत बनायर समाजमा तल्लो जात मा राखियो ।
२०५२ सालको जनयुद्द पछि नेपाल को अंतरिम संविधान,२०६३ को धारा १४ मा छुवाछूत तथा जातीय भेदभाव विरुद्धको हक राखियो ।तर यो नेपालको अंतरिम संविधान मात्रै सिमित रहयो ।किनभने दलित समुदाय लाई यो संविधानले न यो राज्यले सुरक्षा दिन सक्यो न त न्याय दिलाउन सक्यो ।राज्यले त संविधान मा छुवाछूत तथा जातीय भेदभाव बिरुद्ध को हक भनेर राख्यो तर यसलाइ कार्यनयन भने गरेन ।धर्मशास्त्र र विभिन्न कालखण्डमा बनेका धार्मिक कानुनले वर्ण बिभाजन गरेर जातैपिच्छे भेद्भाबपुर्ण मानबिय व्यवहार निर्धारण गर्यो।त्यसलाइ मुलिकी ऐनले पनि निरन्तरता दियो।२०१५ सालको संविधानको मौलिक हक सम्बन्धि भागको धारा ४ को समानताको हक अन्तर्गत सबै नागरिक कानुन को समान संरक्षण का हकदार हुनेछन,धर्म,वर्ण,लिंग, जात जाती का आधारमा भेदभाव गरिने छैन भन्ने ब्याबस्था गर्यो ।तर सोही संविधानको धारा ५ मा धर्म सम्बन्धि शिर्षकमा प्रत्येक नागरिकले प्रचलित परम्पराको मर्यादा राखी सनातन देखि चलीआयको आफ्नो धर्म को अवलम्बन र अभ्यास गर्न सक्ने छ भनी जातिय भेदभाव र छुवाछूतलाई संरक्षण गर्यो।यो जात व्यवस्थालाई कायम गरि राख्न यो बिभेदकारि हिन्दु समाजको मात्र नभइ यो असफल राज्य व्यवस्थाको पनि ठूलो हात छ।ऐले को बैज्ञानिक समाज अथवा एक्काइसौं सताब्दीमा आइसक्दा पनि यो समाज जात व्यवस्थामा नै अड्केर बसेको छ।प्राचीन कालमा समाजका उपल्लो बर्ग का तानाशाही ले धर्म का नामम श्रमको आधारमा दलित समुदायमाथि चरम अन्याय अत्याचार गरे ।तर अहिले यो सताब्दिमा आयर यो राज्य र समाजका सिक्षित बनाउदा केही हात का मनुस्य हरुले कोटा का आधारमा दलित माथि को भेदभाव कायमै राखेका छन। “हे!यो समाजका अज्ञानी बुद्धिजीवी हरु हो! समाजिक कुरिती र कुसंस्कार ले भरियको मक्कियको तिम्रा मानस्पट्ल र समाजिक सञ्जालमा आयर नानाथरी बकवास गर्ने तिमिहरुका बिचार लाई कतै म्युजियमा लियर राख्दा हुन्छ अन्यथा येस्ता भद्दा मजाक उडाउने तिमिहरुको शिक्षा लाई आगो लागाय हुन्छ”। जतिनै यो जात व्यवस्थालाई धर्मको नामको खोल ओढेर बसेका पाखण्डीहरुले प्रोत्साहन गरि राखेका छन त्यति नै यो दलाल राज्य व्यवस्थाले मलजल गरि राखेको छ।कुन त्यस्तो पार्टी छ,जस्ले यो जात व्यवस्था मास्ने अभियानलाई आफ्नो अनिवार्य कर्तव्य सम्झेको छ?येहा त केबल जात को आधारमा बिधङ्श मच्चाएर कुर्सी को लुछचुडी र व्यवस्था प्राप्तिको कुलो काडेर बसेका छन ।नेपाल का भ्रष्ट राजनितीज्ञले न यो जात व्यवस्थालाई अन्त्य गर्न चाहन्छन न त यो जात व्यवस्था मान्न छोडन सक्छन ।दलितले छोयको पानी खादै मा हामी छुवाछूत मान्दैनौ भनिदिनु मात्रै जात व्यवस्था नमानेको भन्ने हुदैन ।जब सम्म यो जात व्यवस्था विरुद्ध तपाईं हामी हातेमालो गर्दै अगाडि बड्दैनौ तब सम्म यो कुरिती समाजमा कायम नै भही रहने छ । नेपालको जातीय इतिहासलाई हेर्दा दलित माथी गरिएका अन्याय र अत्याचार
थुप्रै छन ।चुलो छोहेकै निउमा मनबिरे सुनार मारिनु पर्यो।यस्ता कयौं हत्या हिंसा छन जो जातकै कारण दलितले भोग्दै आउनु परेको छ जसमा निम्न यसप्रकार छन । :-
२०७७ रुकुम हत्या काण्ड :अन्तरजातीय प्रेम(नवराज सुनार,सन्दिप बि क,लोकेन्द्र सुनार,गणेश बुढा,गोबिन्ध शाही ,र टिकारम सुनार)
सम्झना कामी :बलत्कार पछि हत्या
सुमन बिक (उदयपुर ):अन्तरजातीय प्रेम
अंगिकार पासी (रुपन्देही ):बलात्कार पछि हत्या
निर्मला पहराइ (कैलाली):अन्तरजातीय प्रेम
सकु परियार (तनहु):अन्तरजातीय प्रेम
घनश्याम बोगटी (गोरखा): अन्तरजातीय प्रेम
श्यामलाल राम (सिरहा ):अन्तरजातीय प्रेम
२०७८ भिम बहादुर बिश्वकर्मा (चितवन ):जातिय भेदभाव
निरु बिक (कालिकोट):बलात्कार पछि हत्या अमृता सदा(महोत्तरी ):बलात्कार पछि हत्या
मनिशा सुनार सुर्खेत बलात्कार पछि हत्या
साबित्रा कुमारी महरा (सिराहा ):जातीय विभेद सनतला पास्वान(सप्तरी ):जातिय बिभेद
शसम ठटाल(भोजपुर ):अन्तरजातिय प्रेम
ज्योती पासवान(सप्तरी ):अन्तरजातीय प्रेम
सिर्जना सुनार(अर्घाखाँची ):अन्तरजातीय प्रेम
२०६९चैत्र ३गते धारो छोय को निहुमा प्रेमा बि क लाई कुटपिट (सल्यान )
सार्बजनिक धारामा पुर्णिामा बिक माथी छुवाछूत र कुट्पिट(सल्यान २०७०बैशाख १९)
रामबहादुर बि क र जानकी पुरिलाइ कुटपिट (अन्तरजातीय बिबाह २०७०असार २३रुकुम)
राधा बिक: दलित युवती माथी झुटो आश्वसान र यौन अपराध (२०६८सल्यान )
आज सम्म यी मुद्दा हरुलाइ नत राज्य हेर्यो, न कानुन प्रसासनले हेर्यो,न एनजिओ ,आइएनजिओ हेर्यो न समाजका अगुवा हरुले हेरे न दलित मुक्ति आन्दोलनका नेता हरु ले हेरे येस्ता हजारौं मुद्दा हरु छन जुन अदालत सम्म नपुगी हराय ,जो मुद्दा अदालत सम्म पुगे ती मुद्दाहरु पनि तेतै हराय यी त रेकर्ड मा रहेका मुद्दा हरु भय यस्ता हजारौं मुद्दा हरु छन जसलाइ यो राज्यले अनदेखा गरि राखेको छ।

बिज्ञापन

यो हिन्दु समाज येस्तो छ ,दलित मुक्ती बिना क्रान्ती सम्पन्न हुने छैन,क्रान्ती बिना दलित मुक्ती झनै सम्भब छैन।त्यसैले क्रान्ती आवश्यक छ।यो जात व्यवस्था मजबुत हुनुमा असफल राज्य व्यवस्था लाई लिन सकिन्छ जबसम्म देशमा बैज्ञानिक समाजवाद आउदैन तबसम्म बर्ग दुस्मन हरु उत्पन्न भहिरन्छन ।जसले जात व्यवस्थालाई निरन्तरता दिइरहन्छन फलस्वरूप सिङ्गो सम्मजको प्रगतिमा रोक लागाउछ किन भने यो जात ब्याबस्थाले सबै मानिस का बिचमा कुनैन कुनै उचनिच वा भेदभाव खडा गर्छ ,जसका कारण मानिसलाई उसको रुचि , क्षेमता र प्रतिभाअनुसारको क्षेत्रमा जानबाट रोक्छ,जसकाकारण नया नया प्रतिभा नया नया सिर्जना जन्मिन सक्ने सम्भावनाको थुनिन पुग्छ ।यसले परम्परागत ज्ञान र सश्लेसित संस्थागत ज्ञानका बिचमा समायोजन हुन दिदैन ।राज्यको आर्थिक स्तिथी मा गिरावट हुन्छ ।समाजमा जगन्य अपराधको उत्पती हुन्छ।तेसैले छुवाछूत मुक्त भ्रष्टाचार मुक्त,सफल रास्ट्र स्थापित गर्न क्रान्ती आवश्यक छ ।जहाँ एकीकृत जनक्रान्ती को बाटो हुँदै बैज्ञानिक समाजवाद तिर जान सकिन्छ ।त्यसैले सम्पुर्ण नौजवान युवा रास्ट्रप्रेमी सच्छा क्रान्तिकारी राजनेता हरु गोलबन्द भइ रास्ट्रद्रोही लाई काठमाडौं को बानेश्वरमा लामबद्द गरि गोलि ठोक्नु पर्छ।र नया साम्यवाद को उत्पती हुन्छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel